आज :

(साग) पुरुष भलिबलको स्वर्ण पदक भारतलाई

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्णपदक भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३-१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

पहिलो सेट पाकिस्तानले २५-२० अंकले जितेको थियो । त्यसपछि भारतले लगातार ३ सेट जित्यो । भारतले दोस्रो सेट २५-१५, तेस्रो सेट २५-१७ तथा चौथो सेट २९-२७ अंकले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा महिला भलिबलतर्फ स्वर्णपदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal