आज :

‘वर्तमान संविधान जोगाउने र ०४७ को जगाउने नाममा मुडभेड गर्नु औचित्यहिन’

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले समसामयिक राजनीतिक विषयमा भम्भिर ध्यानाकार्षण भएको भन्दै आज चैत्र ६ गते प्रेश विज्ञप्ति जारी गरेको छ ।

पार्टीका महासचिव गोविन्द गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “वर्तमान संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्यको अव्यवस्थापनले देश र जनताको हित र कल्याण हुन नसकेको साथै बेथिति र भ्रष्टाचार चरम चुलीमा पुगेको, परनिर्भरता अचाक्ली बढेको, वेरोजगारी बढेर लाखौं युवा विदेश पलायन भएको, सार्वजनिक व्ययभार देशको अर्थतन्त्रले थाम्नै नसक्ने स्तरमा पुगेको जस्ता कारणले जनता पुनः अर्को विद्रोहको तयारीमा उत्रिन थालेका छन् । एकातिर राजनीतिक वितृष्णाले उब्जाएको जनताको बिद्रोह र अर्कोतिर सत्ता, संसद र सरकारको आडमा स्वयं सत्तासीन दलहरु नै मुठभेड र अराकजकता तर्फ उन्मुख हुदै गएकोेमा यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

तमाम विकृति, विसंगति र अस्थिरताको मूल कारक तत्व वर्तमान संसदीय व्यवस्था रहेकोमा संशोधन गरी मुलुकलाई निकास दिने भन्दै दुई ठुला राजनीतिक दल सत्तासीन भएपछि संविधान संशोधन बारे प्रारम्भिक छलफलसम्म अगाडि नबढाई अध्यादेशबाट मुलुक चलाउने र थप भ्रष्टाचार र विकृतिको आहालमा देशलाई चुर्लुम्म डुबाउने दुष्कर्म गरेका छन् । यथास्थितिबाट मुलुकलाई निकास दिन वर्तमान संविधान असफल भइसकेको छ भने राजावादीहरुले भन्दै आएको २०४७ को असफल भइसकेको संविधानको पुनस्र्थापनाबाट पनि मुलुकले कुनै निकास पाउन सक्तैन ।

विकृति र विसंगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गरी राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको सिद्धान्त स्थापित गर्न यो पार्टीले आफ्नो घोषणापत्र मार्फत शासकीय स्वरुपका नवीन अवधारणा अगाडि सारेको छ । साथै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री (डाइरेक्ट डेमोक्र्यासी), मौलिक नेपाली पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा विधायिकाको व्यवस्था, विधायकहरु मन्त्री हुन नपाउने, प्रदेश संरचनाको खारेजीका साथै स्थानीय तहको पुनर्संरचना गरी थप अधिकार सम्पन्न बनाइने, न्यायपालिकाको पुनर्संरचना र न्यायधीशको पुनः नियुक्ति, भ्रष्टाचार र बेथितिमा संलग्न सबैको छानबिन र सत्ताको आडमा ढाकछोप गरिएका भ्रष्टाचारका फाइल खोली भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न विशेषाधिकार सम्पन्न आयोग गठन गर्ने लगायतका शासकीय स्वरुपहरु पार्टीले अंगीकार गरेको छ ।

यो शासकीय स्वरुपको आधारमा सहमति र नयाँ संविधान निर्माण गरी मुलुकलाई यथास्थितिबाट निकास दिई अग्रगमन, दिगो विकास, आत्मनिर्भर अर्थतन्त्र र सुदृढ राष्ट्रियताको बाटो तर्फ अघि बढ्ने हाम्रो सोच रहेको छ ।
राष्ट्रिय मातृभूमि पार्टी सम्पूर्ण देशभक्त, राष्ट्रवादी, न्यायप्रेमी राजनीतिक शक्तिहरु तथा विभिन्न तह र तप्कामा आबद्ध व्यक्तिहरु, स्वतन्त्र बुिद्धजीवी तथा आम जनसमुदायलाई यथास्थितिको विरुद्धमा एकजुट भई आमूल परिवर्तन र अग्रगमनको विचार र बाटोमा संलग्न हुन आव्हान गर्दछौ ।”

उक्त पार्टीले गत २०८१, फागुन ९ गतेदेखि पार्टी स्थापना दिवशको उपलक्ष्यमा भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्धमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रमको अभियान मार्फत मुलुकका विभिन्न ठाउँहरुमा जनजागरण अभियान गर्दै आएको छ । उपत्यका, बागमती प्रदेश र मधेस प्रदेशमा अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन भने अन्य प्रदेशहरुमा पनि उक्त अभियान गर्ने जानकारी पार्टीले गराएका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal