आज :

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै टुंगिएन

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म चर्चामै सीमित रहेको छ ।

आयोजना निर्माणपूर्वका तयारीका काम नै अगाडि बढ्न नसक्दा विमानस्थलको काम अघि बढ्न नसकेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईले आयोजनाको श्लिान्यास मंसिरभित्र गर्ने अभिव्यक्ति दिए पनि गति दिन सकिएको छैन ।

त्यहाँको सुकुम्बासी वस्ती स्थानान्तरणकोसमेत योजना तयार हुन सकेको छैन । मन्त्रालयका अनुसार, आयोजनास्थलमा रहेका रूख कटानको खाका तयार भई अहिले मन्त्रालयमा छलफलको चरणमा छ ।

वन मन्त्रालयले रूख कटान आदेश भने दिसकेको छैन । निर्माणको मोडालिटीमा पनि अझै अन्यौल रहेको र लगानी बोर्डसँग पनि छलफल जारी रहेको छ ।

मन्त्रालयले विमानस्थलको साइट कार्यालय र पहिलो चरणको काम अघि बढाउन करिब १ लाख ९५ हजार ५ ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना गरी कुल ७ लाख ७० हजार २ सय ९१ रूख कटानको प्रक्रिया अघि बढाइ दिन गत असारमा वन मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको थियो ।

उक्त प्रस्तावबारे वन मन्त्रालयले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । यो आयोजनाको चर्चा २०५०-५१ सालबाटै सुरु भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal