News Portal

  • आगलागीमा परी वृद्धाको ज्यान गयो

    १८० पटक

    काठमाडौं । फालेलुङ गाउँपालिका-३, मेमेङको एक घरमा आगलागी हुँदा एक जना वृद्धाको ज्यान गएको छ ।

    सोमबार राति आगलागी हुँदा ८५ वषिय वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो । उनी घरमा एक्लै बस्दै आएकी थिईन् । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएको बताइएको छ ।

    शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । थाम्सुहाङ चुल्होको छेउमा नै सुत्ने गरेकी थिईन् ।

    आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्