आज :

अपडेट…बागलुङ दुर्घटनाका मृतकको नाम खुल्यो (नामसहित)

बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ ।

मंगलबार बिहान ग १ ज ५२१९ नं.को जिप बडिगाड गाउँपालिका-७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्युहुनेमा रेशम थापा (चालक) २५ वर्षिय गुल्मी इस्मा गाउँपालिका ५ का माया थापा २३ वर्षिय गुल्मी इस्मा गाउँपालिका ५ वसुन्धरा कार्की, ४० वर्षिय इस्मा गाउँपालिका  ।

त्यस्तै झुमा कार्की, नवलपरासी वर्दघाट, लक्ष्मी केसी, ५५ वर्षिय बागलुङ बडिगाड ५, सीता कार्की, ४० वर्षिय इस्मा ५ गुल्मीका, तुलसी कार्की, इस्मा भूमि कार्की ४५ वर्षिय इस्मा, मीना कार्की २५ वर्षिय इस्मा गुल्मी, धनबहादुर कार्की इस्मा गुल्मी, झवि कार्की, ४० वर्षिय इस्मा गुल्मी, सुचना कार्की र अन्दाजी ५ वर्षिय बालिकासहित एक जनाको परिचय खुलेको छैन ।

घाइतेहरू जीवन कार्की नवलपरासी वर्दघाट,–नीमा कार्कीखत्री रोल्पा घर इस्मा माइती, हमाल कार्की इस्मा गुल्मीका रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal