आज :

लेखराज भट्ट फेरि उद्योग तथा आपूर्ती मन्त्रीमा नियुक्त

काठमाडौं । पूर्वमाओवादी नेता लेखराज भट्ट फेरि उद्योग तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेको मन्त्रिमण्डल पुर्नगन तथा हेरफेरमा भट्टले सो जिम्मेवारी पाएका हुन् ।

कैलालीबाट संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्ट सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य समेत हुन् । यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी समालिसकेका थिए । मात्रिका यादवलाई हटाएर भट्टलाई नियुक्त गरिएको हो । यस्तै पूर्वजनमुक्ति सेनाका कमाण्डर चक्रपाणी खनाल पनि बर्खास्तमा परेका छन् ।

पाँच वर्षे कार्यकालको जिम्मेवारी पाएपछि प्रधानमन्त्री ओलीले बुधबार साँझ ८ जनामन्त्रीलाई हटाएर ९ जना मन्त्रीलाई नियुक्त गरेका छन् ।

विवादित तथा कार्य सम्पादनमा कमजोर पूर्वएमालेको कोटाबाट मन्त्री भएका भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई बर्खास्त गरिएको छ । त्यसैगरी बर्खास्त पर्नेमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि परेका छन् ।

त्यसैगरी पूर्वमाओवादीको कोटाबाट मन्त्री भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि प्रधानमन्त्रीले बर्खास्त गरेका छन् ।

नयाँ मन्त्री बन्नेहरुमा घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री, बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र रामेश्वर राय यादवलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी तीनजना राज्यमन्त्री पनि नियुक्त गरिएको छ । मोती दुगड उद्योग, नवराज राउत स्वास्थ्य र रामवीर मानन्ध सहरी विकासको जिम्मेवारी दिइएको छ ।
सबै जनामन्त्रीको सपथ आज विहान हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal