आज :

लिपुलेक-कालापानी अतिक्रमणः सरकारको गुलामी र नेताको गद्दारी

नेपाली जनताहरुले एकपछि अर्को विभिन्न व्यवस्था ल्याउन बलिदान गर्दै गए तर नेतृत्वहरुले गद्दारी । नेपाली जनता राष्ट्रवादी थिए र छन्, शासकहरु आत्मसमर्पणवादी । यो लामो समयदेखि चलिरहेको छ । सत्ता बाहिर हुँदा राष्ट्रवादका नारा लगाउने, भारतलाई विस्तारवादी देख्नेहरु जब सत्तामा पुग्छन् अनि असल छिमेकी भन्दै झुक्छन् । चेलीहरु बलात्कार, सीमामा अतिक्रमा हुँदा टुलुटुलु हेर्ने, यो यतिमै रोकिँदैन नदी नाला र सीमा बेच्ने मौका कुरेर बस्छन् । यस्ता गद्दार नेताहरुको कारण भारतीय दादागिरी दिनानुदिन बढदै गइरहेको छ ।

महाकाली सन्धी, टनकपुर, कोशी, गण्डकी बेच्नेहरु फेरि सत्ताको सेरोफेरोमा रहनु र नेपालको अस्मितालाई भारतले लुटेको देख्दादेख्दै हाँसो मजामा उडाउने सरकारका प्रवक्ता हुनु दुर्भाग्य हो । नेपाली जनतालाइ नै अल्पमतमा पार्ने गरी नागरिकता विधेयक ल्याउनु, तराईका आठ जिल्लालाई एउटै प्रदेश बनाउनु, भारतीय सेनाले नेपालीभूमीमा दिन दाहड्दै नाङ्गो नाच देखाउँदा टुलुटुलु हेर्ने तर राजनीतिक मतभेद फरक राखेकै कारण विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि धरपकड र फेक इन्काउन्टर भइरहेका छन् । उनीहरुलाई सीमा मिचिएकोमा विरोध गर्न समेत दिइएको छैन ।

कालापानी–लिपुलेक क्षेत्रलाई अतिक्रमा गरेर भारतीय सार्वजनिक गरेको राजनीतिक नक्साको विरोध गरेकै काठमाडौंमा नेकपाका निकट विद्यार्थी र मोर्चाका नेता कार्यकर्तालाई गिरफ्तार गरिएको छ । सरकारलाई नेपालीभूमी मिचिएकोमा विरोध गरेकै कारण टाउको दुखाई बन्नु गम्भीर विषय हो । सरकारका यी हर्कतले देशलाई जबरजस्त युद्धमा धकेल्नु र आन्तरिक द्वन्द्व निम्ताउने काम गरिरहेको छ । जस्ता हर्कत को पछाडि के छ ? यस्ता रवैया देख्दा राज्यसत्ता नै राष्ट्रको हितमा छैन र भारतीय विस्तारवादसँग आत्मसमर्पण गर्न चाहन्छ भन्ने कुरा प्रष्ट देखिन्छ । सत्तामा पुग्न र सत्ता जोगाउन दिल्ली धाउने प्रक्रियाकै निरन्तरता हो ।

नेपाली नेतृत्वहरुले यो वा त्यो रुपमा गुलामी र आत्मसमर्पण गर्दागर्दै भारतले नेपालीभूमी कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्रलाई आफ्नो देशको नक्सामा गाभेर खुल्लाम खुल्ला चुनौती दिएको छ । नेपाल सरकारले भने यति ठूलो हस्ताक्षेप हुँदा पनि एउटा विज्ञप्ति मात्र निकालेर मौन बसिरहेको छ । यो जस्तो लज्जाको कुरा अरु के हुन सक्छ ? भारतले नेपाली सीमा चिलेको यो पहिलो होइन, नेपाली नेताको गद्दारी र सरकारको गुलामीकै कार भारतले सीमा मिच्दै आएको छ । हाम्रा वीर पुर्खाले पानी पनि नखाई लडेर बचाएको भूमीमाथि भारतको दादागिरीविरुद्ध अब पनि सरकारको मुख ताक्यो भने हामिलाई इतिहासले धिकार्ने छ । त्यसैले सम्पूर्ण नेपालीहरु राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको लडाइँमा कुनै पनि पार्टी विषेश र ब्यक्ति विषेश नभई स्वाभिमान नेपालीको कर्तव्य पूरा गर्न सबै एकजुट हुन आवश्यक छ । ताकी हाम्रो प्राणभन्दा प्यारो जन्मभुमी र मातृभुमी नेपालको रक्षा गर्न सकौं ।

  • लेखकः बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal