आज :

घुस रकमसहित नायब सुब्बा अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बालाई घुस रकमसहित पक्राउ गरेको छ ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा जिल्ला अदालत पश्चिम रुकुमको मुसिकोटमा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको हो ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक मोलमोलाई गरी ६० हजार घुस रकम माग्ने गरेको र अन्तिम समयमा १५ हजार घुस नदिइकन कागज पत्र नदिने भन्ने सूचना सेवाग्राहीले दिएको आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगा स्थित राप्ती होटल एण्ड लज अगाडिबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal