News Portal

  • पसलमा आगलागी २ लाख बराबरको क्षति

    ८० पटक

    पर्सा । वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा आइतबार बिहानै आगलागी भएको छ ।

    आगलागीबाट स्थानीय भोजप्रसाद चौरसियाको धुम्ती पसल जलेको छ । पसल जल्दा आगलागीबाट २ लाख बढीको क्षति हुन पुगेको पीडितले बताएका छन् ।

    अचानक लागेको आगोलाई वीरगन्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    आगो कसरी लाग्यो भन्ने विषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

    प्रतिकृया दिनुहोस्