आज :

ठेक्का सम्झौतामा आर्थिक अनियमितता, लम्कीचुहा नगरपालिकाका कर्मचारीले ५० हजार खाएको आरोप

कैलाली । लम्कीचुहा नगरपालिकाले सडक कालोपत्रेका योजनामा करोडौँ अनियमितता गर्ने दाउमा लागेको र विभिन्न योजनाको ठेक्का सम्झौतामा पनि आर्थिक अनियमितता गर्दै आएको आरोप लागेको छ ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेर आफू अनुकुल कार्य सम्पादन गरी निर्माण व्यवसायीलाई ठेक्का लगाउँदै कर्मचारीले आर्थिक अनियमितता गरेको दावी गरिएको छ ।

ठेक्का सम्झौता गर्दा कार्य सम्पादन जमानत वापतको अनिवार्य रुपमा लिनुपर्ने रकम कर्मचारीले आफुले लिने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायी शंकर शर्मा पाण्डेले लम्कीचुहा नगरपालिका कार्यालयसंग १० लाख २१ हजारमा बस पार्किङको शुल्क उठाउने ठेक्का सम्झौता गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खड्का, प्रशासन शाखाका नायब सुब्बा जनकबहादुर बटाला र सब इन्जिनीयर नविन पनेरुले ठेक्का पारिदिएको र अघिपछी समेत काम लाग्ने भन्दै ५० हजार घुस लिएको निर्माण व्यवसायी शंकर शर्मा पाण्डेले बताए ।

उनले भने,‘हाकिम सापले यति सानो बजेटको पनि के पर्फमेन्स ग्यारेन्टी राख्नहुन्छ, पर्दैन भन्नुभयो, पछि ठेक्का पारिदिएको र अघिपछि पनि काम लाग्ने भन्दै हाकिम,त्यहाँका एकजना बटाला र पनेरु गरी ३ कर्मचारीले ५० लिए ।’‘मेरो पार्टनरले पनि दिईहाले छन् ।’

नगरपालिकाका प्रशासन शाखाका नायब सुब्बा जनक बटालाले कार्यसम्पादन जमानत वापत निर्माण व्यवसायीसंग जमानत रकम लिएको बताए । ‘घुस लिएको कुरा निराधार भएकाले खाएको कुनै प्रमाण फेला परे जागिरबाट राजिनामा दिन तयार छु,’ उनले भने ।

बसपार्ककको ठेक्कामा कार्य सम्पादन जमानत नलिएको नगरपालिकाले अहिले अनाहकमा ठेक्का नदिने नियतले रकम माग गरिरहेको महसुस भएको निर्माण व्यवसायी पाण्डे बताए । उनले बसपार्कको ठेक्कामा खरिद ऐन अनुसार जमानत लिन नमिल्ने तर अहिले चाही नगरपालिकाले मलाई ठेक्का नदिने नियतले जमानत मागिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal