आज :

महँगो जीवनशैलीलाई सुधारको माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि आपत्कालीन अवस्थाको घोषणा

काठमाडौं । चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्याथीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले मेट्रोरेल सेवाका विभिन्न संरचना व्यापक तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । शान्ति-सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै राष्ट्रपति सेबास्टिन पिनेराले वार्ताका लागि आह्वान गरेका छन् ।

राजधानी सान्टियागोको महँगो जीवनशैलीलगायतका कारण पनि आर्थिक सुधारको माग बढ्न थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal