
काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ ।
शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम बिस्फोट भएको हो ।
बिस्फोटमा परि कैयौँ घाइते भएका छन् । सोही क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिवान दुवै सक्रिय छन् ।
दुवैले अहिलेसम्म बिस्फोटको जिम्मेवारी लिएका छैनन् । नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा बिस्फोट भएको हो ।