आज :

नक्कली धानको बिउले सयौं विघामा रोपेको धानमा बाला लागेन

कैलाली । सयौं विघामा रोपेको धानमा बाला नलागेपछि कैलालीका किसानहरु पीरमा परेका छन् ।

असार पहिलो साता रोपेको धान अझै पसाएको छैन । ‘सँगै रोपेको धान अरूले भित्र्याउन थालेका छन् । मैले रोपेको धानमा अझै बाला लाग्ने छाँटकाट छैन,’ एक किसानले भने, ‘यस वर्ष धान नफल्ने भयो । परिवार कसरी पाल्ने भन्ने चिन्तामा छु ।’ आफ्नो गुजाराको मुख्य आधार खेतीपाती भएको उनले बताए ।

मसुरियामा रहेको विशाल एग्रोभेटबाट गरिमा जातको धानको बिउ किनेर उनले रोपेका थिए । गौरीगंगाकै मसुरियाका वाशु गुरागाईंले रोपेको धानमा पनि बाला लागेको छैन । ‘नयाँ बिउ हो राम्रो फल्ला भन्ने आशाले लगाइयो तर पाक्ने वेलासम्म पसाएन,’ गुरागाईंले भने ।

भएको १० कठ्ठा जमिनमा उनले असार दोस्रो साता रोपाइँ सकेका थिए । ८ जनाको परिवार खेतीपातीमै निर्भर रहेको उनले बताए । ‘आम्दानीको अरू कुनै स्रोत छैन । धान फल्दैन होला,’ उनले दुखेसो पोखे ।
त्यस्तै हरिनगरकी फूलमति चौधरीले भनिन्,‘नयाँ बिउ धेरै फल्छ भनेर लगाएँ, गुजारा चलाउन मुस्किल हुने भयो ।’ उनले पनि गरिमा जातको धानको बिउ रोपेकी थिईन् अरू जातको धान पाक्न थाल्दा आफ्नो खेत भने हरियै रहेको उनको भनाइ छ ।

कैलाली र कञ्चनपुरमा करिब दुई सय ७२ हेक्टर जमिनमा रोपिएको धानमा बाला नलागेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले भारतीय बिउ सिन्दुरी र गरिमा जातमा बाला नलागेको बताए । ‘दुई जिल्लामा दुई सय ७२ हेक्टरमा लगाइएको धानमा बाला नलागेको तथ्यांक संकलन गरेका छौँ,’ उनले भने, ‘धानमा बाला नलागेको भनेर कतिपय किसान अहिले पनि सम्पर्कमा आइरहनुभएको छ ।’ संकलित तथ्यांक विभागमा पठाइएको उनले बताए ।

निमित्त निर्देशक जोशीले चिसो सुरु हुन थालेकाले अब धान पसाउने सम्भावना कम रहेको बताए । बाला नलागेको बिउ भारतीय भएको बुझिएको उनले बताए । यी दुवै जात नेपालमा रोप्न सरकारले सिफारिस गरेको जातमा पर्ने भए पनि नेपाल सरकारअन्तर्गतका कृषि निकायबाट भने उक्त बिउ वितरण नभएको निर्देशनालयले जनाएको छ ।

‘नक्कली बिउ परेको देखिन्छ,’ निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले भने, ‘तराईका अन्य जिल्लामा पनि यी जातको धानमा यस वर्ष बाला नलागेको बुझिएको छ ।’ तराईमा पर्ने सुदूरपश्चिमका कैलाली र कञ्चनपुर धान उत्पादनका पकेट क्षेत्र हुन् । कैलालीमा ७१ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४२ हजार हेक्टरमा धान खेती हुने सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal