
धनगढी । ‘यौनकाण्ड’ बाहिरिएसँगै निवार्तमान सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा छन् । उनको बयन चलिरहेको छ ।
सत्तारुढ (नेकपा)का नेता समेत रहेका महराले बलात्कार अभियोगको सामना गरिरहेको बेला अर्का एक नेताको ‘परस्त्रीकाण्ड’ सार्वजनिक भएको छ । (नेकपा)का युवा नेता तथा कैलाली पार्टी अध्यक्ष रतन थापाले परस्त्रीसँग गरेको अश्लील फोन संवाद बाहिरिएको हो । थापाले ती महिलालाई डार्लिङ भन्दै सम्बोधन गरेका छन् । उनले आफ्नो उनीभन्दा अरु कोही साथी नभएको भन्दै लामो फोन संवाद गरेका छन् ।
थापाः भन डार्लिङ ।
महिलाः किन फोन काटेको ?
थापाः छोरा आएको थियो बोलाउन त्यसैले फोन काटेको के । घर नजिकैको होटलमा अलिअलि खाँदैछु ।
महिलाः बुढी कता छन ?
थापाः बुढी घरमै छिन ।
माथिको संवादको अंश अध्यक्ष थापा र ती महिलाबीचको हो । सुदूरपश्मि प्रदेश सभाका सदस्य समेत रहेका थापा रक्सी पाटीमा भएको अडियोबाट प्रष्टै हुन्छ । उनी आफूले पनि प्रेमीकासँग फोनमा पनि भनेका छन् । उनले प्रेमीकासँगको कुराकानीलाई रक्सीपाटीमा सहभागी अन्यसँग फुर्ती समेत लगाएका छन् । उनले ती महिला अर्बपति भएको र आफूले बोलाएको बेला हवाइजहाजको टिकट काटेर भेट्न आउने गरेको समेत बताएका छन् ।
सांसद थापाका दुईवटी श्रीमती र पाँच सन्तान छन् । जेठीलाई अलपत्र पारेर कान्छीलाई विवाह गरेको आरोप थापालाई लाग्दै आएको थियो ।
फोन संवादमा महिलाले रक्सी खाएको बेला मात्रै याद आयो भनेर नहुने भन्दै व्यवहारमा पनि देखाउनु पर्ने बताउँछिन् । त्यसको जवाफमा सांसद थापाले “मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन । तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अब फेरि कस्तो माया गर्ने ।”
फेरि महिला भन्छिन्– “माया भनेको त्यत्ति मात्रै हो र ? म हजुरले बोलाएको बेला सधै आउँछु हजुर आउनु हुन्न ।” त्यसपछि अध्यक्ष थापा भन्छन्,“हजुर जस्तो जहाजमा आइरहने पैसा मसित कहाँ छ, …एकैछिन पछि फेरि भन्छन्, ल ल हजुर जैले भनिबक्सिन्छ म आउछु ।” ती महिलाले फेरि भन्छिन्, – “म भोलिनै आउनु भन्छु ।” त्यसमा सांसद थापाले भन्छन्, “ल ल टिकट पाए भोलि नै आउछु ।”
सुन्नुस् संवाद
सत्तारुढ (नेकपा)का अध्यक्षको परस्त्रीसँग यस्तो संवाद
सत्तारुढ (नेकपा)का अध्यक्षको परस्त्रीसँग यस्तो संवाद
Online Dabali यांनी वर पोस्ट केले रविवार, १३ ऑक्टोबर, २०१९
संवादकै क्रममा सांसद थापाले आफू साथीहरुसित छु भन्दै थापाले सबै चिज गरिसकेको छु अब कस्तो माया चाहियो भन्दा महिलाले फोन काट्छिन् । फेरि थापाले रक्सी पाटनरसित भन्छन्, “महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउछन् । यो महिला अरबपति छ, नेवार समुदायकी हो, निक्कै राम्री पनि छ ।
यिनीहरुको अष्ट्रेलियातिर समेत कारोबार छ । श्रीमान छैन, एक छोरी छ । मैले नेपालगञ्ज आउ भन्ने बित्तिकै काठमाडौबाट जहाजको टिकट काटेर आइहाल्छ ।”
फोन संवादमा ती महिलाको रुपैयाँ ब्याजमा लगाउने कुरा पनि भएको छ । थापाले आफूले ब्याजमा लगाइदिने आवश्वासन दिन्छन् ।
ती महिलाले दोहोर्याएर आफूलाई माया नगरेको कुरा गर्छन् तर सांसद थापाले भने आफूले माया गरेको भन्दै विश्वास दिलाउन कोसिस गर्छन् ।
सांसद थापाकी कान्छी श्रीमती पनि राजनीतिमै छन् । गत स्थानीय तहको निर्वाचनमा उनी लम्की चुहा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।
यस विषयमा कुरा अनलाइन डबलीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले यस्तो कसैसँग कुरा गरेको स्मरण नभएको बताए । उनले भ्वाइस आफ्नो भए नभएको बारे अनुसन्धानको लागि अडियो काठमाडौं पठाएको समेत बताउँदै यसबारे तीनपछि मात्रै बोल्ने बताए । पूर्वएमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित अध्यक्ष थापाले संवादमा गाडीको कुरा आएको बताउँदै आफूले पाँच वर्ष पहिले गाडी किनेको समेत बताए ।
छोटो कुराकानीको क्रममा अध्यक्ष थापाले यस्तो कुरा गरेको स्मरण नभएकोले अडियो आफ्नो हो र होइन भन्न नसक्ने बताए ।