आज :

जङ्गली जनावरले धानबाली नष्ट गर्दा किसानहरु चिन्तामा

काठमाडौं । किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता छ ।

किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधैं जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानहरु चिन्तामा परेका हुन् ।

पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक वनको संख्यामा वृद्धि हुँदै गएपछि जङ्गली जनावरको संख्यामा पनि वृद्धि हुँदै गएको छ । आहराको खोजीमा ती जङ्गली जनावरहरु किसानले लगाएको खेतीबाली नष्ट गर्दै आएका छन् ।

स्थानीयवासीहरु सनी दमाइले भने,“चैत-वैशाखमा लगाएको धानबाली पाक्न लागेको समयमा जङ्गली जनावर बँदेल, भालु र बाँदरले पूरै सखाप गरिदिएपछि आफूले भोकभाकै बस्नुपर्ने चिन्ता लागेको छ ।” “नेपालीको महान् चाडपर्व दशैँ नजिकै आउन लागेको छ । दशैँको बेला घरमा पाहुना आउने हुँदा उनीहरुलाई के खुवाउने हो । घरमा अरु केही खानेकुरा छैन ।

यसभन्दा पहिला यसै धानबालीबाट दशैँमा आउने पाहुनालाई खुवाउन सहज हुन्थ्यो”, “आफूले दिनमा हेरालो लागेर धानबाली बचाउने गरेको भएता पनि बेलुका बँदेल, भालु आएर धानबाली सखाप पार्दा अब बालबच्चालाई हिउँदमा के खुवाउने भन्ने चिन्ता लागेको छ ।”

जिल्ला वन कार्यालय बाजुराका निमित्त प्रमुख हरि यादवले किसानले लगाएको खेती नष्ट पार्यो भन्दैमा वन्यजन्तुलाई मार्न नपाउने भएकाले किसानले आफूले लगाएको खेतीलाई आफैँले सुरक्षा गर्नुपर्ने बताए ।

उनले सामुदायिक वन नजिकै रहेको खेती जङ्गली जनावरले नष्ट गरेपछि प्रहरीको मुचुल्का साथै सामुदायिक वनको लेटरप्याडमा सिफारिश ल्याएर जिल्ला वन कार्यालय बाजुरामा पेश गरेपछि कार्यालयले राष्ट्रिय निकुञ्जलाई राहतका लागि सिफारिश गर्नसक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal