News Portal

  • घाँटी रेटेर फालेको अवस्थामा शव फेला

    १७६ पटक

    पर्सा । बिन्दबासिनी गाउँपालिका-५ स्थित हसवा खोल्सीमा घाँटी रेटेर फालिएको एक व्यक्तिको शव भेटिएको छ ।

    अन्दाजी २६-२७ वर्षको नामथर नखुलेको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

    गहुँगोरो वर्ण, ५ फिट ५ इन्च उचाइ, पातलो शरीर लाम्चो अनुहार, चुच्चो नाक, रातो रङको कपडाको जुत्ता लगाएको, रातोमा सेता रङको धर्सा भएको टिसर्ट, निलो रङको जिन्स पाइन्ट लगाएको, बायाँ हातमा सेतो फलामको बाला लगाएको सो व्यक्तिको शव पहिचान गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्