आज :

माओवादी केन्द्रको निर्णयबाट विप्लव खुशी, एकता प्रक्रिया अगाडि बढ्ने विश्वास

  • अनलाइन डबली

काठमाडौँ । नेकपाका महासचिव निेत्र विक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि कार्यदल बनाउनु स्वागतयोग्य कुरा भएको बताएका छन् ।

पार्टी कामको सिलसिलामा महोत्तरी पुगेका विक्ष्लवले आफू एकताको लागि तयार रहेपनि माओवादी केन्द्रले चासो नदिएको तर केन्द्रीय समिति बैठकले कार्यदल निर्माण गर्नु स्वातयोग्य कुरा बताएका बताए ।

‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन, नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो’ विप्लवले भने । उनले आफू माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने विश्वास समेत व्यक्त गरे ।

विप्लवले एक अर्को प्रसंगामा माओवादी केन्द्र र नेकपा एमालेका हालै सम्पन्न केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षले पेस गरेका प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको बताए ।

विप्लवले देशको समृद्वी उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal