 
	
नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा प्रत्येक वर्ष झैं यस वर्षपनि सम्मान आदान प्रदानका साथ राष्ट्रिय विभुति अरनिको दिवस मनाईयो । पौष २३ गते राजधानीमा आयोजित सङ्घको ३० औं स्थापना दिवस समेत पारी देशभरबाट छानिएका १५ जना विविध क्षेत्रका कलाकारलाई अभिनन्दन गरिएको थियो । बरिष्ठ कलाकार राधेश्याम मुल्मीको संयोजकत्वमा गठित निर्णायक मण्डलले कलाकारहरु छनौट गरिएको थियो । सम्मान समारोहमा निर्वाणा आर्ट ग्यालरीद्धारा स्थापित कला पुरस्कार सम्मान पाउनुहुने ब्यत्तित्व हुनुहुन्थ्यो , काठमाडौं उपत्यकाभन्दा वाहिर मोफसलबाट सहभागि विरगञ्जकी कलाकार स्मीता श्रीवास्तव , हेमगङ्गा युवा कला पुरस्कारबाट कलाकार केदार दाहाल, हेमगङ्गा नारी कला प्रतिभा पुरस्कारबाट इन्दु पन्त, क्यान आइडियल कला पुरस्कारबाट विपिन श्रेष्ठ र अमात्य कला पुरस्कारबाट सुन्दर लामा पुरस्कृत हुनुभएको थियो । त्यसैगरी मुल्मी ग्राफिक्स डिजाइन एवार्डबाट राजन काफ्ले, सुरेन्द्र प्रधान दीर्घ कला–साधक सम्मानबाट वरिष्ठ कलाकार गोविन्दनारायण ज्यापुसम्म पुरस्कृत हुनुभयो । क्रोधकला शिरोमणि पुरस्कारबाट मनबहादुर विक, क्यान सिग्देल आर्ट पुरस्कारबाट डा. कृष्ण ओझा, बालकृष्ण स्मृति पुरस्कारबाट देवेन्द्र पौड्याल, नारायणीदेवी स्मृति पुरस्कारबाट कला लेखक रविन्द्रराज भण्डारी, राजेश मानन्धर कार्टुन एवार्डबाट पदम घले पुरस्कृत हुनुभयो ।
त्यसैगरी ज्ञानी शाह क्यान अमुर्त कलासम्मानबाट कलाकार रमेश खनाल र ठाकुरप्रसाद इन्दिरा मैनाली मूर्तिकला पुरस्कार भुवन थापा र ऋचा मैनाली रिजाल स्मृति पुरस्कार प्रश्ना बुढामगरलाई प्रदान गरिएको थियो । त्यो कला सम्मान समारोह साच्चै वरिष्ठदेखि कनिष्कसम्मका कलाकारहरुको एक प्रकारले सम्मेलन बनेको थियो । सभामा एकसा एक ईतिहास बनाएका कलाका हस्थिदेखि कसै न कसैको प्रेरणाबाट कलाकारिता क्षेत्रमा उदायका कलाकारहरु समेतको सहभागिता थियो । लाग्थ्यो ,त्यो माहौल कला प्रति राज्यले गरेको बेवास्ता प्रति ब्यङग्य कस्दै बरिष्ठ कला प्रेमी कलाकारहरुद्धारा एक अर्का कलाकारप्रति सम्मान साथ सहयोग भरोसा दिनका लागि रचिएको सम्मेलन थियो । ब्यवसायिक कलाकारहरुको त्यो भेलामा मुर्तिकारदेखि चित्रकारसम्म , ग्राफिक डिजाईनरदेखि थान्का पौभामा कृयाशिल कलाकारसम्म थिए । यस्तैमा निर्वाणा आर्ट ग्यालरीद्धारा स्थापित कला पुरस्कार सम्मान पाउनुहुने ब्यत्तित्वमध्यबाट हुनुहुन्थ्यो , काठमाडौं उपत्यकाभन्दा वाहिर मोफसलबाट सहभागि विरगञ्जकी कलाकार स्मीता श्रीवास्तवपनि । हुन त भेलामा सम्मान पुरस्कार पाउने र दिनुहुने दुबै पक्षको छुट्टाछुट्टै विशिष्ट विज्ञता रहेको कुरा कसैले नकार्न सकिदैन ,छुट्टाछुट्टै वायोग्राफिपनि बन्न बनाउन सकिन्छ तर निर्वाणा आर्ट ग्यालरीले विरगञ्जकी स्मीतानै किन त विशेष पुरस्कृत गर्यो भन्ने प्रश्नको जवाफमा दाता ब्यक्तित्व प्रोप्राईटर कलाकार बेखराम वलामी श्रेष्ठ भन्नुहुन्छ , उहाँलाई अरनिको दिवसमा रोज्नुका तीन वटा कारण छन् , पहिलो स्मीताले काठमाडौं उपत्यका बाहिर विरगञ्जको गाउँले परिवेशमा रही मोफसलको कला सिर्जनामा योगदान पुर्याउदै आईरहनुभएको छ । दोस्रो आफु कर्मर्सको विद्यार्थी भएरपनि औपचारिक कला शिक्षा नलिइकनै तालिमको भरमा स्तरिय चित्र कला सिर्जना गर्न सकिन्छ भन्ने दस्तावेज बनाउन सफल हुनुहुन्छ भने तेस्रो कुरा जटिल सामाजिक परिबेसबाट पनि उहाँ कला सिर्जनाका माध्यमबाट उठ्नुभएको छ ।
विरगञ्ज रानिघाट नयाँ बस्ती वडा नं. ९की स्थायी बासिन्दा कलाकार स्मीता श्रीवास्ताब आफै आफ्नो लागि भन्छिन् ,आफुले तालिम पढाई विना नै चित्रकला सिर्जनामा कलम चलाउन सिकेकी हुँ । स्कुलको पुस्तकमा भएका चित्रको उतारगर्दै १६ वर्षको उमेरदेखि यस क्षेत्रमा आएकी हुँ । भित्री मनले चाहेपछि कला सृजना भन्ने कुरा कता कता आफैं उभार भैदिदो रहेछन् । सन् २००० ताका निर्वाणा आर्ट ग्यालरीले विरगञ्जमा पहिलो पल्ट चित्रकला प्रर्दशनी गर्दा कलाकार बेखराम वलामी श्रेष्ठसंग अटो माग्न गएकी थिईन रे स्मीता श्रीवास्तवले । त्यसपछि आफ्नो कला प्रतिको उभारलाई स्कुलकै ईतिहास पढाउनुहुने शिक्षकबाट प्रत्येक शनिवार र सन् २००० तिर विरगञ्जकै विरेन्द्र श्रेष्ठसंग हप्ताको दुई दिन चित्रकला सिकेको बाहेक आफुले कुनै कतै औपचारिक चित्रकला शिक्षा नलिएको बताउनु हुने स्मीताका चित्रहरु जिवन्त स्टिल फोटोग्राफी जस्तै देखिन्छ चित्रकला प्रेमीहरु यस्तै शव्द्धले तरिफ गर्छन । पुरस्कार सम्मान थाप्न आउँदापनि ल्याउनुभएको आफ्नै छोरी हो की जस्ती देखिने बच्चीले नुहाईरहेको चित्र छुँदा खन्याएको पानीको रङग जाडोमा छुँदापनि कथाङिग्रने जस्तो लाग्थ्यो भने ……..कोरिएका चित्रका कपाल हातले छुँदा साँच्चैको मानिसका कपाल छोएजस्तै अनुभुती दिलाउथ्यो । बास्तविक जनजिवनसंग जोडिएका चित्र सिर्जना गर्नमा खप्पिस स्मीता श्रीबास्तवको जीवनमा जस्तो सुकै जटिल उतार चढाव आएपनि प्रतिवद्धता सहितको मेहनतको कारण सन् २००९ मा आर्ट ग्यालरीको संयोजकत्वमा ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा ४० वटा एकल चित्रकला प्रर्दशनमा राख्नुभएको थियो । मधेस प्रदेशको ब्यापारिक केन्द्र विरगञ्ज क्षेत्रकी एक जानामाना चित्रकारको रुपमा पहिचान बनाउँदै जानुभएकी स्मीता श्रीवास्तबकी अनन्य मित्र कलेजकी साथी रचना श्रेष्ठले उनका चित्रहरुलाई अमेरिकाको होटल तथा रेष्टुरेन्टमा सजाउन लाने योजना बनाउनु भएको छ । सन् २०१२मा चाईनिज कलाप्रेमीहरु स्मीताको चित्रकलाबाट प्रभावित भई उहाँलाई उतै आमन्त्रण भएको तर विविध कारण जान नपाउनुभएपछि विरगञ्ज क्षेत्रमा नै रहेका ऐच्छिक विद्यार्थीहरु जम्मागरी एञ्जेलिका क्रेयशन आर्ट ग्यालरी संचालनगरी तालिम थाल्नुभयो । विरगञ्जकै स्कुलहरुमा आर्ट्स टिचरको रुपमा रहनुभएकी स्मीता श्रीबास्तबकै सङगतले उनकै वहिनी अङिकता श्रीवास्तबपनि चित्रकलामा लाग्नुभएको छ । बिरगञ्ज ब्यापारिक केन्द्र भएपनि चित्रकलानै सिर्जना गरेर पालिन सक्ने अवस्था नभईसकेकोले सरकारले मोफसलका कलाकारहरुका चित्रकलालाई सरकारी कार्यालय ,सभा बैठक हल आदिस्थानमा राखेर प्रोत्साहित गर्नुपर्ने एक बार्तामा चित्रकार श्रीवास्तबले स्पष्ट पार्नुभएको थियो ।
५४ जिल्लामा ईकाई विस्तार रहेका ब्यवसायिक कलाकार संघले प्रत्येक वर्ष स्मीता जस्ता मोफसलका कलाकारहरुलाई मुलधारमा ल्याउनपनि राष्टिय विभुती अरनिको दिवसको अवसरमा सम्मान पुरस्कार आदानप्रदानको अभियान चलाएको हो ।
कार्यक्रम संघका अध्यक्ष आईं. वि. मल्लको सभापतित्वमा आयोजना भएको थियो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




