
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा पुनः विश्व भक्त दुलाल‘आहुती’ चुनिएका छन् । सो पार्टीले बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम राष्ट्रिय सम्मेलनले लिएका निर्णय सार्बजनिक गरी पार्टी र देश हाँक्ने परम्परागत शैली तोड्दै नयाँ अवधारणा ल्याएको दबीसमेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव आहुतिले नेपालमा समाजवादी क्रान्ति परम्परागत ढंगले सम्पन्न हुननसक्ने जिकिर गरेका छन् । उनले आगामी ३ महिनाभित्र कसैले पनि नसोचेको नयाँ अवधारणा सार्बजनिक गर्ने दाबीसमेत गरेका छन् ।
महासचिव आहुतीले आफ्नो पार्टीको निर्देशक सिद्धान्त मुलरुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै भएपनि समयक्रम र नेपालको अवस्था अनुकुल त्यसमा परिमार्जनसहित आफ्नो पार्टीले नयाँ अवधारणा तयारी सार्बजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए । परम्परागत पिरामिड आकारको प्रणालीबाट असफल भइसकेकोले प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास आफूहरुले गर्न थालेको पनि बताए । राजनीति समाजसेवा भन्दा पनि कमाउ धन्दाकारुपमा चल्न लागेको बताउँदै भने,“यसलाई व्यवसायकारुपमा लिदा आज देश र जनहितमा हैन कि, उनैलाई शोषण गर्ने आश्त्र बन्न थाल्यो, त्यसका लागि हामीले आत्मनिर्भर नेता–कार्यकर्ता र स्वच्छ राजीति’को लागि नयाँ अवधारणा ल्याएका छौं र त्यसलाई आम बहसमा पनि ल्याईने छ ।”
पार्टीको पुष १९ देखि २१ सम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिलाई महासचिव र मदन अर्याललाई प्रवक्ताको जिम्मेवारीसहति ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिएका हुन् । देशको भौगोलिक क्षेत्रलाई १० वटा व्यूरो र एउटा प्रकाशन व्यूरो गरी जम्मा ११ व्यूरोमा विभाजन गरी संयोजकको जिम्मेवारीसमेत तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सम्मेलन पछि बसेको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गरी जसमा माघ २० गतेसम्म सबै व्यूरो स्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने बिशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको क्रममा सबै तहका सरकारहरुको हिसाव खोज्ने, भ्रष्टहरुलाई कारबाही गर्ने, जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय लिएको जनाएको छ । अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको पनि जानकारी दिएको छ ।
सो सम्मेलनले वर्तमान संविधानप्रदत्त निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिनु पर्ने । आकशिदो मुल्यवृद्धि रोकिनु पर्ने, बैंक,सहकारी, लघुवित्त तथा वित्तिय उत्पीडनको अन्यत्य हुनुपर्ने, विकासको नाममा एमसीसि जस्तो अमेरिकी रणनीतिक सैन्य परियोजना विरुद्ध जनता एकजुट हुन अपिल तथा चिनियाँ परियोजना बिआरआई पनि आर्थिक साम्राज्यको आर्को नमुना भएकोले विरोध लगायतका १४ बुँदे प्रश्ताव पारित भएको र सोही अनुसार आफूहरु अघि बढ्ने जानकारी दिएको छ ।
आहुतिको नतृत्वमा बनेको ५१ सदस्यीय केन्दीय समितीमा जागृत रायमाझी, धनकुमारी सुनार, राजकुमार हिङमाङ,राजेश्वरी सुवेदी, बुद्धलक्ष्मी महर्जन, सुरेन्द्र लुइटेल, रुपा सुनार, भुपाल साम्पाङ राई, सुवास पाण्डे, सतिसाल, मोहन लकान्द्री, सुरज राई, लक्ष्मण न्यौपाने, बुद्धिराम ठटाल, हिरादेवी दास, जीवन प्रतिक, धनबहादुर श्रेष्ठ, रुकु रणपाल, क.शान्ति गजमेर, बैद्यनाथ ठाकुर, प्रेम गैरे, तीर्थराज मजकोटी, भावना, हिमांसु घिमिरे, प्रकाश शर्मा, शशी विश्वकर्मा, भुवन सेन्चुरी, टि.वि. लामिछाने, क.राजेश नेपाली, क.यशोदा बराल, क.श्याम कुँवर, क.पुष्प भण्डारी, क.देव सिं लामा, क.तिर्थमाया तामाङ, क.नरेन्द्र सेराला, क.काल्साङ लामा, क.डेविड परियार, क.रुविना झा र क.राजन डोने रहनु भएको छ । त्यसैगरी रवि गुँरागाई र मोहन साशंकरलाई केन्द्रीय सल्लहाकारमा प्रेमबहादुर बिकलाइ पार्टी केन्द्रीय कार्यालय सचिवमा चयन गरेको जनाएको हो ।