आज :

लस एन्जलसको डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही

  • अनलाइन डबली

काठमाडाैँ । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट हजारौं भवन ध्वस्त भएका छन् भने १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

छिमेकी राज्यवाट गएका दमकलसमेतले पनि आगो निभाउने प्रयास गरिरहेका छन र पनि अहिले नियन्त्रण गर्न कठिन बन्दै गएको छ । मङ्गलबार देखी प्यासिफिक पालिसेड्समा लागेको विनाशकारी आगलागी तीव्र गतिमा फैलिएको छ र यसले १५ हजार एकडभन्दा बढी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

यो स्थान यस्तो स्थान हो, जहाँ सेलिब्रेटीहरूको घरहरूको लागि परिचित छ, जसमध्ये अधिकांश हलिउड सेलिब्रेटीहरू यो राज्यमा बस्छन्। सोही क्रममा बलिउड अभिनेत्री नोरा फतेही पनि त्यहाँको जङ्गलको आगोबाट बालाबाल बचेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले बताएका छन् । अहिले उनी त्यहाँको घर छोडेर भागेकी छन् ।

अभिनेत्री नोराले भिडियो सेयर गरेर पुरा कुरा बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा दुईवटा भिडियो पोस्ट गरेकी छिन् । पहिलो भिडियोमा उनले जंगलमा लागेको आगो देखाइरहेकी छिन् भने दोस्रो भिडियोमा उनले कसरी आफूले आफ्नो सबै सामानहरू तुरुन्तै प्याक गरेर ज्यान बचाउनका लागि भागेकी थिइन् भन्ने कुरा बताएकी छिन् ।

नोरा फतेहीले भिडियो सेयर गर्दै भनिन्, ‘म लस एन्जलसमा छु र जंगलमा लागेको आगो निकै भयानक छ । मैले यस्तो पहिले कहिल्यै देखेको थिइन र छैन पनि, यो आगो भयंकर बिनाशकारी छ । हामीले यहाँबाट ५ मिनेट अघि मात्रै स्थान छाडने आदेश पायौं, त्यसैले मैले चाँडै मेरा सबै सामानहरू प्याक गरे र मैले यो क्षेत्र छाडे ।’

‘अब म एयरपोर्टको नजिक जान्छु र त्यहाँ बस्छु किनकि मेरो आज उडान छ र मलाई आशा छ कि म यसलाई भेटन सक्षम हुनेछु। मलाई आशा छ कि यो रद्द हुने छैन किनकि यो सबै धेरै डरलाग्दो छ। यस्तो अनुभव मैले पहिले कहिल्यै गरेको थिइनँ। म तपाईहरुलाई अपडेट राख्नेछु। आशा छ म समयमै बाहिर निस्कन सक्षम भएको छु । र हो, मलाई आशा छ कि मानिसहरू लस एन्जलसमा सुरक्षित रहन्छन्।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal