आज :

जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवावासभा । खाँदबारीबाट २ जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

गाडी चालक सन्तोष विकसहित ६ जना बेपत्ता भएका छन् । गाडीमा खाँदबारी-९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छ्रैन । अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ ।

गाडी खाँदबारी-१ का राजनारायण लिम्बुको रहेको खुलेको छ । संखुवासभा प्रहरीले घटनाबारे जानकारी भएको र त्यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal