आज :

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

सल्यान । जिल्लामा एक गाउँपालिकाका अध्यक्ष चढ्‍ने गाडीमा आगजनी गरिएको छ । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार मध्यराति अज्ञात समूहले आगजनी भएको हो ।

गाउँपालिकाको कार्यालयमा पार्किङ गरेर राखिएको रा १ झ १०७० नम्बरको गाडीमा आगजनी भएको सल्यान प्रहरीले जनाएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ्

गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेका अनुसार टाटा कम्पनीको उक्त गाडी ३७ लाख ३० हजार मूल्यमा गाउँपालिकाले खरिद गरेको थियो ।

प्रहरीका अनुसार गाडी पूर्ण रुपमा क्षति भएको छ ।  गाडीमा कसले र किन आगजनी गरेको भन्‍नेबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal