आज :

पत्रकार शाहीमाथि हातपात गर्न उक्साएकाे भनेको छैनः शाही

  • अनलाइन डबली

काडमाडौँ । जुम्लाकी पत्रकार दिलमाया शाहीमाथि हातपातमा आफ्नो नाम जोडेकोमा नेकपा एमालेका नेता नन्दबहादुर शाहीले आपत्ति जनाएका छन् ।

अनलाइन डबलीमा प्रकाशित शाहीमाथि आक्रमण, प्रहरीले दर्ता गर्न मानेन मुद्दा, को–को हुन् मतियार ? समाचारको शुक्रबार खण्डन गर्दै शाहीले आफूले नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईँको उक्साहटमा आफ्नो छोरी प्रमिला शाहीले हातपात गरेको भन्ने आफूले नभनेको तर समाचारमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको बताए छन् ।

‘समाचारमा मेरो नाम जोडेर नेकपा एमालेका नेता नन्दबहादुर शाहीकी छोरी प्रमिलालाई नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको उक्साहटमा पत्रकार शाही माथि हातपात गर्न लगाएको भन्ने मेरो भनाइलाई आधार बनाई समाचार प्रकाशन भएको हुनाले उक्त शब्द मैले काहीँ कतै प्रयोग नगरेको, नभनेको स्पष्ट पार्न चाहान्छु । बिना आधार तथ्यहीन समचार प्रकाशन गर्नु गलत हो’ शाहीले आफ्नो खण्डनमा उल्लेख गरेका छन् ।

त्यसैगरी शाहीले उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफल निषकर्षविहिन भएको कुरालाई समाचारमा तोडमोड गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

शाहीको यस्तो छ खण्डन: 

प्रस्तुत विषयमा मिति २०८१ साल फागुन ३० गतेका दिन ‘अनलाईन डबली ’ नामक संचार माध्यममा शाहीमाथि आक्रमण, प्रहरीले दर्ता गर्न मानेन मुद्दा, को–को हुन् मतियार रु भन्ने सामाचार शिर्षकमा म जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर ४ निवासी नन्दवहादुर शाहीको नाम जोडेर समाचार प्रकाशन भएको विषयमा मेरो गम्भीर ध्यानकर्षण भएको छ ।

उक्त समाचारमा मेरो नाम जोडेर नेकपा एमालेका नेता नन्दबहादुर शाहीकी छोरी प्रमिलालाई नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको उक्साहटमा पत्रकार शाही माथि हातपात गर्न लगाएको भन्ने मेरो भनाइलाई आधार बनाई समाचार प्रकाशन भएको हुनाले उक्त शब्द मैले काही कतै प्रयोग नगरेको, नभनेको स्पष्ट पार्न चाहान्छु । बिना आधार तथ्यहीन समचार प्रकाशन गर्नु गलत हो । यो विषयलाई तत्काल समाचारबाट हटाउन अनुरोध गर्दछु ।

साथै, बिवादित विषयमा जिल्ला प्रहरी कार्यालयमा बसी दुई पक्षीय छलफल भएको तर निष्र्कष विहिन भएको कुरालाई तोडमोड गरी मैले भन्दै नभनेको कुरा भनेको हो भनेर समचार लेखेको प्रति मेरो ध्यानर्कषण भएको छ । तसर्थ सत्य तथ्य बुझेर तत्काल खण्डन छापि दिन अनुरोध छ ।

नन्द बहादुर शाही

तिला गा.पा. ४ जुम्ला

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal