आज :

पीएन क्याम्पस पोखरामा क्रान्तिकारीले सार्वजनिक गर्यो प्रतिबद्धता पत्र, यस्ता छन् २९ बुँदा

  • अनलाइन डबली

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको पूर्वसन्धामा अखिल (क्रान्तिकारी) पृथ्बी नारायण क्याम्पस (पीएन) पोखराको निर्वाचनको उमेदवारहरुको परिचय कार्यक्रम सम्पन्न भएको छ । स्ववियूको निर्वाचन चैत ५ गते हुने भएको छ ।

उक्त कार्यक्रममा सभापतिका उम्मेदवार नविन अधिकारीले आफ्नो घोषणा पत्रमा रहेका प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।

प्रतिबद्धताहरु निम्नानुसार छन्सः

१) क्याम्पसमा भष्ट्र आचरण हुने दिने छैनौं ।

२) क्याम्पसमा निःशुल्क परामर्श सेवा, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, र मनोवैज्ञानिक समर्थन उपलब्ध गराउने पहल गर्नेछौं ।

३) समावेशी नीति, सम्पूर्ण विद्यार्थीका लागि समान अवसर, र सुरक्षित तथा प्रेरणादायी शैक्षिक वातावरण सुनिश्चित गर्ने ।

४) क्याम्पस प्रशासन र विद्यार्थीहरूबीचको सञ्चारको माध्येम बनाउने छौ, जहाँ विद्यार्थीको आवाजलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ ।

५) अधिक छात्रवृत्ति अवसर, कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई सहुलियत, र पार्ट–टाइम कामका अवसर सृजना गर्ने छौं ।

६) कम्पनीहरूसँग समन्वय गरी इन्टर्नशिप अवसर, कलेजभित्र करियर गाइडेंस कार्यक्रम, र प्राविधिक तालिमहरू संचालन गर्ने छौं ।

७) विद्यार्थीहरूकै नेतृत्वमा नयाँ आइडियालाई समर्थन, जवप्रवर्तन र उद्यमशीलताको प्रवद्र्धन, र प्रोफेसनल स्किल्स विकासको अवसर प्रदान गर्नेछौं ।

८) विद्यार्थीहरूले आफ्नो प्रतिभा, सीप र ज्ञानलाई आम्दानीमा बदल्न सक्ने वातावरण बनाउन क्याम्पसस्सारमा फ्रीलान्सिङ, स्टार्टअप इनक्युबेटर, र स्किल–आधारित तालिम उपलब्ध गराउने छौं ।

९) डिजिटल प्रशासन प्रणाली, हस्तक्षेप बिना पारदर्शी सेवा, र अधिकार सुनिश्चित गर्ने छौं ।

१०) विद्यार्थीहरूलाई व्यावहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने ।

११) खेलकुद, संगीत, साहित्य, नृत्य, कला जस्ता गतिविधिहरूको वृद्धि, र नियमित प्रतियोगिताहरु आयोजना गर्ने ।

१२) साइबर सुरक्षा तालिम, अनलाइन सचेतना कार्यक्रम, र डिजिटल जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्ने छौं ।

१३) प्रशासनमा डिजिटल प्रणाली लागू गर्ने, र छिटोछरितो सेवा सुनिश्चित गर्ने ।

१४) शान्त, सफा, सुरक्षित र व्यवस्थित क्याम्पस वातावरण, र पठनपाठनलाई मुख्य प्राथमिकतामा राख्ने ।

१४) लैङ्गिक समानता प्रवद्र्धन गर्ने नीतिहरू लागू गर्ने ।

१५) विद्यार्थी प्रतिनिधिहरू क्याम्पस सुधार योजनामा सहभागी गराउने, र विद्यार्थिहरूका सुझावलाई सम्मान गर्ने छौं ।

१६) ई – लाईवेरीको लागी पहल गर्ने छौं ।

१७) भौतिक पुर्वाधार विषय अनुसार भवन र कक्षा कोठामा प्रोजेक्टरको ब्यवस्था गर्ने छौं ।

१८) प्रशासनमा एकिकृत सेवा संचालन गर्न भुमिका खेल्ने छौं ।

१५) सफा शौचालय बनाउने छौं ।

२०) चमेना गृह क्यानटिन सुधार गर्दै ब्यवस्थित बनाउन लाग्ने छौं ।

२१) क्याम्पस भित्र आवश्यकता अनुसार विक्षारोपरण गरि स्वच्छ सफा र हरियाली वातावरण बनाउने छौं ।

२२) होस्टेलहरु सुरक्षित, ब्यस्थीत र सुविधायुक्त बनाउने छौं ।

२३) पारदर्शी स्ववियु बनाउने छौ । भष्ट्र र अराजक गतिविधि हुन दिने छैनौ मर्यादित शैक्षिक वातावरण बनाउने छौं ।

२४) २२२ रोपनी जग्गा क्याम्पस मातहत ल्याउने छौं ।

२५) क्याम्पसमा एमफिल प्रोग्राम थप्ने पहल गर्ने छौं ।

२६) नपढाई तलव बुझ्ने प्रबृत्तिको अन्त्य गर्ने छौ, कर्मचारीहरुमा आलस प्रबृति देखिए हस्तक्षेपकारी खवरदारी गर्ने छौं ।

२७) पिएन क्याम्पस बाट ट्रान्सक्रिप्ट लिने ब्यवस्था मिलाउने छौं ।

२८) विभिन्न यातयात व्यवसायी संग मिलेर विद्यार्थीहरुलाई सहज र सर्वसुलभ यातयातको ब्यवस्था गर्ने छौं ।

२९) शुसासनयुक्त स्ववियु हाम्रो चाहना हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal