
काठमाडौँ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईँले पत्रकार दिलमाया शाहीमाथिको आक्रमणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
अध्यक्ष चौलागाईले शुक्रबार अनलाइन डबलीमा प्रकाशित शाहीमाथि आक्रमण, प्रहरीले दर्ता गर्न मानेन मुद्दा, को–को हुन् मतियार ? समाचार कपोकल्पित, भ्रामक र तथ्यहिन भएको बताउँदै खण्डन गरेका छन् ।
‘जुम्लाको जुगाड खोलामा तरकारी बेच्ने प्रमिला शाहीले पूर्ण चौलागाँईको पक्षपोषण गर्दै उनकै उक्साहटमा पत्रकार शाहीलाई हातपात गर्न लगाएको भन्ने कपोकल्पित र तथ्यहिन कुरालाई आधार बनाई समाचार लेखेकोप्रति गम्भीर ध्यान केन्द्रित भएको छ । प्रमिला मेरो बहिनि नाता पर्ने विषय स्पष्ट हो । तर, पत्रकार शाहीमाथि मैले हातपात गर्न लगाएको विषय सरासर झुट मात्र नभई यो षड्यन्त्रको पराकाष्ट हो । शंकाकै भरमा तथ्यहिन भनाइलाई आधार मानि सामाचार प्रकाशन गर्नु संचार गृहको धर्म विपरितको कार्य हो । यस विषयमा सम्बन्धित संचार माध्यमलाई खण्डन गर्न अनुरोध छ’ चौलागाईँले आफ्नो खण्डनमा उल्लेख गरेका छन् ।
त्यसैगरी दिलमाया शाहीलाई केन्द्रीत गरी आफूले सामाजिक संजालमा स्टाटस नलेखेको बताउँदै चौलागाईँले उल्लेख गरेका छन् । ‘कुनै व्यक्ति लक्षित स्टाटस नलेखेको भनेर जिल्ला प्रहरी कार्यालयमा छलफल समेत भईसक्दा पनि संचार माध्यमले त्यसलाई आधार मानि प्रेस स्वतन्त्रता र पत्रकारिताको आचारसंहिताविरुद्ध तथ्यहीन समाचार प्रकाशन गर्नु गलत र भ्रमपूर्ण हो । यसलाई सच्याउन सम्बन्धित संचार माध्यमलाई जोडदार अनुरोध गर्दछु’ चौलागाईँको खण्डनमा उल्लेख छ ।
चाैलागाइँले ‘काँग्रेस र एमालेको भातृ संगठन’ हो ? भन्ने जस्ता शब्द समाचार प्रयोग गरेर गौरवपूर्ण इतिहास बोकेको संस्थाको मानमर्दनमा आँच आएकाे भन्दै गम्भीर ध्यानकर्षण बताएका छन् ।
यस्तो छ चौलागाईँको खण्डनः
श्री सम्पादक ज्यू ।
डबली अनलाईन अनामनगर, काठमाण्डौँ
विषयः खण्डन सम्बन्धमा ।
प्रस्तुत विषयमा मिति २०८१ फागुन ३० गतेका दिन ‘डबली अनलाईन’ नामक संचार माध्यममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष श्री पूर्ण प्रसाद चौलागाँईको नाम जोडेर कपोकल्पित, भ्रामक, तथ्यहिन सामाचार प्रकाशनप्रति मेरो र नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको गम्भीर ध्यानकर्षण भएको छ । शाहीमाथि आक्रमण, प्रहरीले दर्ता गर्न मानेन मुद्दा, को–को हुन् मतियार ? भन्ने सामाचार शिर्षकमा पत्रकार दिलामाया शाही अध्यक्ष रहेको दिमा आमा घरको उद्घाटनपछि नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाँईले दिलमाया शाहीलाई केन्द्रित गरी “आफ्नो घर बिगारेर अरुको घर बिगार्नेले समाज सेवा गर्छु भन्नु कति स्वाभाविक होला ।” भन्ने बाक्य प्रयोग गरी मेरो व्यक्तिगत मानर्दन र चरित्रमा आँच आउने विषय समाचारमा उल्लेख भएकोले यसको खण्डनका लागि अनुरोध गर्दछु । उक्त स्टाटस समाजमा विद्यमान रहेको विकृति र विसंगतिका विरुद्ध र मैले दिलमाया शाहीमाथि लक्षित नगरी स्टाटस लेखेको स्पष्ट पार्न चाहान्छु । कुनै व्यक्ति लक्षित स्टाटस नलेखेको भनेर जिल्ला प्रहरी कार्यालयमा छलफल समेत भईसक्दा पनि संचार माध्यमले त्यसलाई आधार मानी प्रेस स्वतन्त्रता र पत्रकारीताको आचारसंहिताविरुद्ध तथ्यहीन समाचार प्रकाशन गर्नु गलत र भ्रमपूर्ण हो । यसलाई सच्याउन सम्बन्धित संचार माध्यमलाई जोडदार अनुरोध गर्दछु ।
साथै, जुम्लाको जुगाड खोलामा तरकारी बेच्ने प्रमिला शाहीले पूर्ण चौलागाँईको पक्षपोषण गर्दै उनकै उक्साहटमा पत्रकार शाहीलाई हातपात गर्न लगाएको भन्ने कपोकल्पित र तथ्यहिन कुरालाई आधार बनाई समाचार लेखेको प्रति गम्भिर ध्यान केन्द्रित भएको छ । प्रमिला मेरो बहिनि नाता पर्ने विषय स्पष्ट हो । तर, पत्रकार शाही माथि मैले हातपात गर्न लगाएको विषय सरासर झुट मात्र नभई यो षड्यन्त्रको पराकाष्ट हो । शंकाकै भरमा तथ्यहिन भनाइलाई आधार मानि सामाचार प्रकाशन गर्नु संचार गृहको धर्म विपरितको कार्य हो । यस विषयमा सम्बन्धित संचार माध्यमलाई खण्डन गर्न अनुरोध छ ।
यसका अलवा नेपाली पत्रकारहरुको सर्वोच्च संस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको नाम मुचेर पत्रकार महासंघ ‘काँग्रेस र एमालेको भातृ संगठन’ हो ? भन्ने जस्ता निकृष्ट शब्द प्रयोग गरेर गौरवपूर्ण इतिहास बोकेको संस्थाको मानमर्दनमा आँच आउने सामाचार प्रकाशन गरेको विषयप्रति मेरो र संस्थाको गम्भीर ध्यानकर्षण भएको छ । यस विषयमा प्रकाशित समाचारलाई अनलाईन डबली नामक अनलाईन मिडियाबाट तत्काल हटाई खण्डसहितको निष्पक्ष र तथ्यका आधारमा समाचार प्रकाशन गर्न अनुरोध गदर्छु ।
पूर्ण प्रसाद चौलागाईँ
अध्यक्ष
नेपाल पत्रकार महासंघ, जुम्ला