आज :

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

रुपन्देही । तिलोत्तमा नगरपालिकाले स्थापना गरेका गौतमबुद्धका मूर्तिको तोडफोड गर्ने कार्यमा संलग्नलाई कडा कारवाहीको माग गर्दै भैरहवा मर्निङ ग्रुप सिद्धार्थनगरले र्याली निकालेको छ ।

गौतमबुद्धका मूर्तिको निर्ममतापूर्वक तोडफोड गरिएकोमा भैरहवा मर्निङ ग्रुपले निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै र्याली निकालेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डमा पर्ने तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका ५ वटा बुद्धका मूर्ति केही दिन अगाडि तोडफोड गरिएको थियो ।

घटनाको विरोध गर्दै भैरहवा मर्निङ ग्रुप (बिएमजी) ले आइतबार भैरहवामा विरोध र्याली निकालेको हो । भैरहवास्थित बुद्धचोकबाट निकालिएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो । शान्तिको देशमा अशान्ति फैलाउने जोसकै भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बिएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले माग गरे ।

बिएमजीका कार्यवाहक अध्यक्ष बाबुराम केसीले बुद्धमूर्तिका घटनामा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने बताए । यसैबीच विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र मूर्तिहरुको तोडफोड गरिएको घटनाबाट बिएमजी परिवार अति दु : खी भएको जनाउँदै दोषीहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै दोषीहरुलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“यस प्रकारका घटनाप्रति हामी संवेदनशील छौं, घटना दोहोरिन नदिने कुरामा प्रतिबद्धता जनाउँछौ, बिएमीले थप सजग बनाउने काम गरेको छ ।”

त्यसैगरी विरोध र्यालीमा शान्ति बौद्ध गुम्बा र सिद्धार्थ बौद्ध समाजसमेत सहभागी भएका थिए । ती दुई संस्थाले पनि बुद्धमूर्ति तोडफोड जस्तो अमानवीय कार्यमा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal