आज :

ओलीलाई कर्ण थापाको काउन्टरः ‘झोले’ अभियान एमालेमा दास बनाउने प्रवृति

काठमाडौं  । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् ।

नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको मृत्युु बारे समेत इतिहासकारका अलग अलग धारणा रहेका छन ।’

उनले अगाडी लेखेका छन, ‘सत्ताको भक्तिमा गित गाउनेहरू हिजो पनि थिए । आज पनि छन । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो । आफ्नो स्वार्थका लागि  विबेकशुन्य हुनेहरूले अरू विबेकशिलहरूलाई आफ्नो पंक्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ।’

‘भक्तिभाव गरेर जीवन चलाउनु, पद खानु तर स्वाभिमानी मानिसहरूलाई दास बनाउन बल गरेर समय खेर नफाल्नु । सबै विबेकशिल र स्वाभिमानी मानिसहरूको तर्फबाट शालिन निवेदन गर्दछु’ उनले भने । उनी हालै पुर्व राष्ट्रपति बिधादेवी भण्डारीसँग चीनको औपचारिक भ्रमणमा सँगै गएर फर्केका थिए ।

थापाकाे याे भनाइले सामाजिक संजालमार्फत झाेले अभियान संचालन गरेका पार्टी अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीलाई काउन्टर जवाफ दिएको रुपमा लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal