
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले जवाफ दिने क्रममा विपक्षिदलले अबरोध गरेपछि संसद अवरुद्ध भएको हो ।
सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद खुलाउनेबारे छलफल भएको छ ।
अध्यक्ष प्रचण्डले संसद खुलाउन सत्ता पक्ष जिम्मेवार हुनुपर्ने बताए । संचारकर्मीसँग छाेटाे प्रतिक्रिया दिँदै प्रचण्डले प्रतिपक्ष संसद खुलाउन तयार रहेको तर गृहमन्त्री लेखकमाथि भरपर्दो छानबिन गर्ने प्रतिवद्धता आउनुपर्ने बताए ।