आज :

विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी र कालिगढ सडकमा

काठमाडाैँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्। उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूकाे माग छ ।

संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।

सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२/८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

‘२०८२/८३ को जुन बजेट आएको छ, त्यसमा व्यवस्था भएका कतिपय प्रवधानले सुनचाँदी व्यवसायीलाई एकदमै प्रभाव पार्ने भएकाले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी गराउनका लागि र रत्न तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको छ, त्यो पनि खारेज गर्नुपर्छ । साथै व्यवसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो । सम्बन्धित निकायले सुनुवाइ गरेन् । सँधै आश्वासन मात्र दिने काम भयो । हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिँदैन । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने सल्लाह भइरहेको छ’ शाक्यले भने ।

संघर्ष समितिले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal