आज :

कर्णाली जलस्रोत लिमिटेडको विशेष साधारण सभा सम्पन्न, कम्पनीको उद्देश्य परिवर्तन

  • धनन्जय बुढा

काठमाडौं । कर्णाली जलस्रोत लिमिटेड(कार्जल)ले विशेष साधारण सभा सम्पन्न गर्दै चौरी खोला जलविद्युत आयोजाना आउँदो पुष महिनाभित्र सम्पन्न गरी विजुली उत्पादन गर्ने जनाएको छ । मंगलबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले आवश्यकताको सिद्धान्त बमोजिम लिमिटेडको उद्देश्यसमेत परिवर्तन गरेको जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै लिमिटेडका अध्यक्ष ईन्जिनीयर लोकबहादुर रावतले कार्जललाई समयको माग अनुसार प्रभावकारी बनाउन उद्देश्य परिवर्तन गरी अगाडी बढाउन विशेष साधारण सभा डाकिएको जनाए ।

अध्यक्ष रावतले कार्जलको सहायक कम्पनी हिमालयन वाटर रिसोर्सेस एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीको लगानीमा काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको माथिल्लो चौंरी खोला जलविद्युत आयोजानालाई आगामी पुष महिनाभित्रै सम्पन्न गरिने दाबी गरेका छन् ।

अध्यक्ष रावतले विविध कारणबस समयमै सम्मपन्न हुन नसके पनि हालसम्म ८५ प्रतिशत कार्यसम्पन्न भइसकेको जनाउँदै भने,“म हाम्रा सबै लगानीकर्ता मित्रहरुलाई के विश्वास दिलाउन चाहन्छु की पर्दापछाडीका विविध अबरोधहरुले ढिला भयो, अब प्रतिकुल अवस्थालाई काबुमा लिइसकेकाले छिट्टै बत्ति बल्छ, सकिन्छ भने लगानी थपिदिनुस ।”

कम्पनीका कानुनी परामर्शदाता अधिवक्ता चक्र बहादुर थापा(अमित)ले लगानी गर्ने कम्पनी र उत्पादन गर्ने कम्पनीबीचमा प्रस्ट व्यवस्था नभएको कारण कम्पनीको मुख्य उदेश्य परिवर्तन गर्नु परेका बताए ।
बैंकबाट ऋण लिएर लगानी गरिएको र सोको ग्यारेन्टर कार्जल रहेको र ऋण चुक्ता पनि असहज हुँदा समस्या आएको बताउँदै अधिवक्ता थापाले भने,“लगानीकर्ताले लगानी गर्नुभयो तर आयोजना सम्पन्न नभई ऋण चुक्ता हुने कुरा पनि भएन, त्यसो नहुँदा सेयर धनीहरुले एकातिर लामोसमय लाभांस नपाउने भने, अर्कोतिर सेयर खरिद तथा बिक्रि–वितरण पनि गर्न नपाउनेलगायतका समस्या हल गर्न ‘आवाश्यकताको सिद्धान्त’ बमोजिम यो साधारण सभाबाट ‘जलविद्युत उत्पादन गर्ने कम्पनी’बाट ‘इन्भेष्टमेन्ट कम्पनी’मा परिणत गरिएको हो ।”
सो साधारण सभामा कार्जलका सदस्यहरु ईन्जिनीयर भेषराज कडेल, जुद्धबहादुर गुरुङ, भरत प्रसाई, अमरनारायण माली, भैरव बोहोरा, प्रभा कर्मचार्य र सुशीला डाँगीसहित लगानीकर्ताहरुको उपस्थिती रहेको थियो ।

साधारण सभाले पारित गरेको प्रस्तावहरुः–
१) कम्पनीको व्यवसायीक उद्देश्य परिवर्तन गर्न प्रवन्धपत्रको दफा ४(१) मा संशोधन गर्ने ।
२) कम्पनीको नाममा दर्ता स्रेस्ता कायम रहेको आयोजना विक्रि गर्ने सम्बन्धमा ।
३) संघीयताको ढाँचा अनुसार कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्न ।
४) कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णयहरुलाई कार्यान्वयनका लागि आवश्यक काम गर्न संचालक समितिलाई अख्तियारी ।
कर्णाली जलस्रोत समाचार

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal