
काठमाडौँ उपत्यकाको पानि बाहिरिने एक मात्र निसास चोभार गल्छीमा नेपाल सरकार सहकारी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा ढुंगा फुटाएर नदीलाई फराकिलो र गहिरो पार्ने योजना अगाडी बढाए पछि स्थानीय तथा यस स्थानको भौगोलिक ऐतिहासिक संग सम्वन्धित विज्ञहरुले ब्यापक बिरोध गरेका छन्।
काठमाडौँको स्थानि ज्यापु महागुथिले आज यस बिषयमा आफुहरुको ध्यान आकर्षण भएको भन्दै बिगप्ति जारि गरेका छन्।
यस्तो छ बिज्ञप्ति –
ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको विरोधको बावजुद नेपाल सरकार सहकारी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाको सीमानामा रहेको चोभार गल्छी (न्हसीकाप) मा पाँच वटा ढुंगा फुटाएर नदीलाई फराकिलो र गहिरो पार्ने योजना बारे हाम्रो ध्यानाकर्षण भएको छ ।
सम्वन्धित विज्ञहरुका अनुसार काठमाडौं उपत्यका भित्र नदी पुरेर बस्ती बनाएको, नदीको जग्गा किनमेल भएको, ठूलठूला बसोवासका भवन (हाउजिंग) हरु निर्माण भएको र काठमाडौं कोर सिटी लगायत अन्य स्थानहरुको सडकमा ढुंगा छापेका कारण जमीन सतहमा पानी सोस्ने प्राकृतिक प्रणाली नष्ट भएकोले नदीको वहावमा दवाव परी पानी निकासाको क्षेत्र चोभार गल्छी (न्हसीकाप) साँगुरिएको देखिएको हो।
आदिवासी नेवाः समुदायको सभ्यता विकास भएको काठमाडौं उपत्यका हो। चोभार गल्छी। न्हसीकाप) स्थानीय आदिवासीहरुको श्रद्धा र सम्मानजनक सम्पदा हो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मान्यता सहितको। हजारौ वर्षदेखि काठमाडौं उपत्यकाको पानी निकास हुने क्षेत्र यही चोभार गल्छी (न्हसीकाप) हो। यो केवल पानी बग्ने मार्ग मात्र होइन, यो हाम्रो भूगर्भिक इतिहास, सांस्कृतिक र धार्मिक सम्पदा र परिस्थितिको विविधताको प्रतीक तथा प्रतिबाट सिर्जित अभूतपूर्व जीवन्त सम्पदाहरुको केन्द्रविन्दु पनि हो ।
नेपालको संविधानले दिएको आदिवासीहरुको सांस्कृतिक अधिकार, सास्कृतिक भूमिको सरक्षण र सम्बर्द्धन गर्ने आदिवासीहरुको अधिकार, आदिवासी जनजातिसंग सम्बन्धित विभिन्न अन्तराष्ट्रिय सन्धी महासन्धीहरुले दिएको अधिकारलाई ध्यानमा राखी हामी आदिवासीहरुको आस्था, मान्यता र भावनामा चोट पुग्ने र सम्पदामा हानी हुने कुनै पनि काम हामीलाई सह्य छैन। आज मिति २०८२ असार १७गते विहान भएको विरोध कार्यक्रममा संघीय सांसद राजन के. सी. र कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलवाट चोभार गल्छी न्हसीकाप मा कुनै पनि असर पर्ने कामको विरुद्धमा शसक्त कदम उठाउने प्रतिवद्धता जाहेर गरेकोमा हाम्री आदिवासी ज्यापुहरुको राष्ट्रिय संगठन ज्यापु महाधि नेपा. को पनि समर्थन, रहेको छ। यस्तो महत्वपूर्ण सम्पदामा नकारात्मक प्रभाव पार्ने काम नगनं सम्बन्धित निकायलाई हामी सचेत गर्न चाहन्छौ ।