आज :

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै पक्राउ

कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अध्यक्ष देवकोटाले आफूहरुविरुद्ध विनाकसुर सार्वजनिक मुद्धा दर्ता गराइएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । गत असार १० गते गोदावरी नगरपालिकाको नगरसभा चलिरहेका बेला आफूहरुलाई बोल्न नदिएको भन्दै अध्यक्ष देवकोटासहित केही व्यापारीले बिरोध जनाएका थिए ।

नगरपालिकाले नगरसभामा अवरोध सिर्जना गरेको भन्दै उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारीविरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal