
काठमाडौं । रेशम चौधरीलाई नेल लगाएर उपचार गरिएकोप्रति प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण भएको छ ।
उनले नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन् । नेल लगाएर उपचार गराउन लैजाने कार्यमा संलग्न भएकाहरुलाई कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
टीकापुर घटनाका आरोपी चौधरी जेलमा रहेका बेला मेरूदण्डसम्बन्धी समस्या भएपछि उपचारका लागि नेल लगाए वीर अस्पताल लगिएको थियो । अहिले पनि उनलाई नेल लगायर उपचार गरिदैँछ ।