आज :

मणिपाल अस्पतालमा डाक्टरको गाडीले बच्चा मारेपछि स्थिति तनावग्रस्त

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका पाकिङ्ग स्थलमा बालकलाई कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

बाबा आमासंग बिरामी आफन्त भेटन आएका कास्की माझठानाका ४ वर्षिय संस्कार कडेँललाई पार्किङ्ग स्थलमा रहेको बेला चिकित्सक डा.विश्वदीप तिमल्सिनाको ग १ च ४३६ नं.को कारले ठक्कर दिएको हो ।

गाडी चालक डा.तिमल्सिना मोवाइलमा कुरा गर्दै तीव्र गतिमा सवारी चलाएकोले दुर्घटना भएको घटनास्थलका प्रत्यक्षदर्शीहरु बताएका छन् । बिहान करिब साढे आठ बजेको समयमा घटना भएको जनाइएको छ ।

मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारण घटना भएकाले दोषीलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै मणिपाल शिक्षण अस्पताल बन्द गराएका छन् । अस्पतालमा मृतकका आफन्तको भीड बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal