
काठमाडौं । सामान्यत : आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ : ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतय : २१ जुनमा दिन लामो हुन्छ ।
जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।