आज :

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझ गाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको उनले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन । कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal