आज :

सहकारी ठगीका फरार प्रतिवादी पक्राउ, २ वर्ष कैद

काठमाडौं । सहकारीमार्फत रकम ठगी गर्ने काठमाडौं चाबहिलको साइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रोशन श्रेष्ठ पक्राउ परेका छन् ।

सर्वसाधारण वचतकर्तालाई बढी ब्याज पाइन्छ भनी आश्वासन दिई प्रलोभनमा पारी ३३ लाख ८५ हजार ५ सय रुपैयाँ ठगी गरेको भनी उच्च अदालत पाटनले २ वर्ष कैद र ८ लाख ४६ हजार २ सय ५० जरिवाना सुनाइएका श्रेष्ठलाई प्रहरीले बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

दिलशोभा श्रेष्ठसहितका वचतकर्ताबाट रकम लिएर साँवा रकमसमेत फिर्ता नगरी संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर भएपछि अदालतले उनलाई दामासायीबाट हुन आउने रकम ८ लाख ४६ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

उालाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal