आज :

आज माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध खबरदारी सभा हुँदै

काठमाडौ । आज काठमाडौंको माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले खबरदारी सभा गर्दै छ ।

सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न सभा गर्न लागेको हो ।

सम्पदाप्रेमीहरुले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै आज माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको विज्ञप्तिमा उल्लेख छ । गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिएको छ ।

सरोकारवालाले राजधानीमा आज विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकारपछि हटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal