आज :

नदीमा बेपत्ता भएकाको खोजीका लागि गोताखारको टोली आउदैँ

हुम्ला । कर्णाली नदीमा बोलेरो जिप खसेर बेपत्ता भएकाको खोजीका लागि काठमाडौँबाट गोताखारको टोली आउने भएको छ । कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौँबाट आज गोताखोरको टोली आउन लागेको हो ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाडौँबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर बिहानै हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

आवश्यक सामग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिएपछि थप उद्धारका लागि गोताखोरको टोली आउन लागेको उनले बताए । मंगलबार दिउँसो साढे बाह्र बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभाबालु क्षेत्रमा जिप कर्णाली नदीमा खसेको हो ।

गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएपछि जिपमा सवार खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल पनि बेपत्ता भएका छन् । त्यसैगरी बेपत्ता हुनेमा गाडी चालक सिमकोट ८ का मणी शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैनसिंह भण्डारी वडा नम्बर ५ का बसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेबी सिंह खार्पुनाथ १ पिउसका कौर नेपाली र नाम नखुलेका उनका दुई वर्षे छोरा र काठमाडौँ थानकोट निबासी वल्डिङ मास्टर राजु श्रेष्ठ रहेका छन् ।

जिप खसेको स्थान कर्णाली नदी भन्दा २५ देखि ३० मिटर माथि रहेको छ । जिपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी नभएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal