आज :

रामेछापमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

रामेछाप ।
रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस गएराति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।
स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस दुर्घटना हुदाँ दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्यु भएको रामेछापका प्रहरी नायव उपरिक्षक डीएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो । उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ । बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएको चिकित्सकको टोली चढेको बताइएपनि को–को घाइते छन् भन्ने नखुलेको उहाँले बताउनुभयो । चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएको थियो ।
बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । बसका चालक र सहचालक बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal