आज :

सांसदले साहले दिए ७१ जना छात्रालाई साइकल

सप्तरी । सांसद एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ७१ जना छात्रालाई साइकल वितरण गरेका छन् ।

उनले निर्वाचन क्षेत्र विकास कोषबाट साइकल वितरण गरेका हुन् । शिक्षाप्रति छोरीको आकर्षण बढाउने र छात्राहरुलाई सुविधा तथा समयको सदुपयोग हुने उदेश्यले आज (मंगलबार) सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ७१ जना छात्रालाई साइकल प्रदान गरिएको हो ।

पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीमा कक्षा ९ मा अध्ययरत छात्राहरुलाई निरन्तर विद्यालय आउनको लागि साइकल प्रदान गरिएको साहले बताए ।

प्रदेश २ सरकारले छोरीहरुलाई शिक्षामा पहुँच पुर्याउने ‘बेटी पढाउँ, बेटी बचाउ’ अभियान नै सञ्चालनमा ल्याएको अवधारणालाई आत्मसाथ गर्दै प्रदेशका मन्त्री, सांसद स्थानीय सरकार पनि यस अभियानमा लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal