आज :

‘लैङ्गिक विषयलाई मिडियाहरुले खेलाँची ठान्दा पीडितहरु थप संकटमा पर्छन’

काठमाडौं । विज्ञहरुले लैङ्गिक विषयलाई मिडियाहरुले खेलाँची ठान्दा पीडितहरु थप संकटमा पर्ने गरेको धारणा राखेका छन् । शनिबार राजधानीमा भएको एक दिने कार्यशाला गोष्ठिमा बोल्ने वक्ताहरुले मानविय भावना तथा संवेधनसँग जोडिएका विषयमा कसैले खेलाँचि गर्न नहुने सुझाब दिएका हुन् । राज्यको चौथो अंगकोरुपमा रहने मिडिया जगतले अन्य क्षेत्रमा जस्तै सामाजिक तथा मानवियताको क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएको जनाएका छन् । समावेशी मञ्च नेपाल (IFN)का कन्सल्ट्यान्ट ‘विज्ञ’ अनिश श्रेष्ठले समाज रुपान्तरणमा मेडियाको अहम भुमिका हुनेगरेकोले मेडियाकर्मीहरु निकै सचेत भएर विषय वस्तु पस्कनु पर्ने धारणा राखे ।

श्रेष्ठले समाजमा लैङ्गिक हिंसा भौतिकरुपमा मात्र नभएर अप्रत्यक्षरुपमा अत्याधिक हुने गरेको बताउँदै, विशेष गरेर आमसंचार माध्यमहरुले प्रयोग गर्ने भाषा तथा त्यस सम्बन्धित सामाग्रिहरुले अत्याधिक प्रभाव पार्ने गरेको उनको ठहर छ । जैविक लिङ्ग(SEX) लैङ्गिक पहिचान(GENDER IDENTITY) यौनिक भिमुखीकरण  (SEXUAL ORIENTATION) जस्ता शब्द र विषयमा प्रयाप्त जानकारी नभई संचार माध्यममा विषय बस्तु पस्कदा पीडितहरु थप मर्कामा पर्ने अवस्था दुःखद भएको उनि बताउँछन् ।

 

सामाजिक अभियान्ता तथा डकुमेन्ट्रि फिल्म निर्देशक यजस्वी राइले भारत तथा नेपाली फिल्महरुमा विशेष त पारलिंगी TRANSGENDER, Homo Sexual ‘समलिङ्गि’ हरुको बारेमा बुझ्दै नबुझि उनिहरुलाई अपमान हुने गरेर हासोको पात्रकारुपमा देखाउने गरेको बताउछिन्, जुन कुरा वास्तविकतामा नहुने उनको भनाई छ । अभियान्ता राइका अनुसार नजानिदो ढंगबाट बहुसंख्यक पारलिंगी तथा समलिङ्गि व्यक्तिहरुको मानवियतामाथि नै ठूलो प्रहार भएको र जस्ले गर्दा उनिहरु खुलेर बाहिर आउने र स्वतन्त्ररुपले जिवनयापन गर्नबाट बन्चितसमेत हुने बताइन ।

केहि महिना अगाडी नेपालको प्रतिष्ठित संचार गृहले रुक्साना कपालीको व्यक्तिगत चाहाना भन्दा फरक उनको विषयमा समाचार प्रशारण गर्दा प्रेसकाउन्सिल पनि आकर्षित भएको घटनाबारे ब्याख्या गर्दै राइले मेडिया कर्मीले लैङ्गिकता सम्बन्धि ज्ञान राख्न जरुरी भएको बताईन । कान्तिपुर सिटि कलेजका पत्रकारिता विभाग प्रमुख राजिब तिमिल्सिनाले सो ‘One Day Workshop on Sexuality, LGBTIQ Issues, and Role of Media’ गोष्ठिमा सहभागि सबैलाई प्रमाण पत्र वितरण गरेका थिए ।

तिमिल्सिनाले नेपालमा मात्रै नभएर विश्व भर यो समस्या भएकोले यसलाई अभ्यस्त गर्न बारम्बार गोष्ठी तथा जनचेतनामुलक कार्य गर्न आवाश्यक रहेको धारणा राखे । समावेशी मञ्च नेपाल (IFN)को आयोजना तथा कान्तिपुर सिटि कलेज तथा विमनस फन्ड एसियाको सहकार्यमा सो गोष्ठिमा कान्तिपुर सिटि कलेजमा स्नातोकोत्तर पत्रकारिता (MAMCJ) मा पढ्ने विद्यार्थी तथा विभिन्न सञ्चार गृहका संचार कर्मिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal