आज :

सर्केगाड गाउँपालिकाले भन्यो- चरित्र हत्या गर्ने नियतले झुट समाचार लेखाइयो (विज्ञप्तिसहित)

हुम्ला । सर्केगाड गाउँपालिकाले चरित्र हत्या गर्न केही संचारमाध्यमहरुले झुट समाचार लेखेको भन्दै खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ र प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले संयुक्त विज्ञप्ति निकालेर केही संचारमाध्यमहरुले चरित्र हत्या गर्नेगरी ठेकेदारसँग मिलेमतो गरेको भन्ने समाचार तथ्यहिन समाचार लेखेको बताएका छन् ।

“यर्थात र बस्तुपरक ढङ्गले जान खोज्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ठेकेदारको संरक्षण गरेको भन्ने कुरा वाइयात र हावादारी समचार प्रकाशित गरिएकोप्रति हाम्रो ध्यानकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को कर्णाली प्रदेश सरकारको समपूरक बजेट अन्तर्गत सर्केगाड गाउँपालिका हुम्लाबाट ठेक्कामार्फत कार्यान्वायनमा ल्याउन लागिएका चुरीकाङ सेरी सिँचाई वडा नं. ८, काउलेखोला–तलिऔला सिँचाई वडा नं. १ (जैर), नेर खोला जलविद्युत योजना वडा नं. १ (जैर) र सर्केगाडदेखि सायाँ हुँदै बराई सडक निर्माण वडा नं. ४ यी चारओटा योजनालाई सर्केगाड गाउँकार्यपालिकाको बैठक बसि निर्णय भए बमोजिम मिति २०७५।१२।२२ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । तर केही प्राविधिक तथा प्रशासनिक कमजोरीका कारण सुचनामा त्रुटि रहन गएकाले गाउँकार्यपालिकाको निर्णयानुसार नै पुनः संशोधन सहित मिति २०७६÷०१÷०२ गते सूचना प्रकाशन गरिएको समेत जनाइएको छ ।

सो सूचनालाई कार्यालयको वेभसाइट, जिल्लाका एफ.एम. रेडियो र बोलपत्र पुस्तक खरिद गर्दा प्रत्येक निर्माण व्यवसायीहरुलाई समेत उपलब्ध गराइएको कुरा उल्लखे गरिएको छ ।

विकास बजेटलाई सजिलै खाँदै आएका केही व्यक्तिहरुले खान नपाएपछि मिडियामा गएको आरोप विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सार्वजनिक खरिद ऐनअनुसार काम गरेपछि पूरानै सोँच भएका व्यक्तिहरुका लागि अनौठो भएको अध्यक्ष र कार्यकारी प्रमुखले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार काम गरिएकोले पूरानै चेतना र सोँच भएका केही ब्यक्तिहरुका लागि नियमपूर्वक काम गर्दा अनौठो भएको छ ।”

तथ्यहिन र निराधार समाचार लेख्न लागाउनु र संचार माध्यमले सत्य मानेर लेख्नु दुःखद कुरा भएको उल्लेख गर्दै भनिएको छ,“बिना प्रमाण हाम्रो नैतिकतामा आँच आउने र दाग लगाउँने काम भएको हुँदा यसमा गम्भीर ध्यानकर्षण भएको छ ।”

त्यसैगरी समाचार झुट भएकोले त्यसपछि नलाग्न गाउँपालिकाबासीलाई आग्रह गर्दै यदि सत्य सावित भएमा आफूहरु कारवाही भोग्न तयार रहेको समेत गाउँपालिका र कार्यकारी प्रमुखले बताएका छन् । साथै, समाचार पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

बताएका समाचार सत्य सावित भएमा सहि सावित गर्न सम्बन्धित पक्षहरुलाई आग्रह पनि गर्दै, यदि त्यस्तो भयो भने कानुन बमोजिम सजाय भोग्न तयार रहेकसाथै उनिहरुले जथाभावी कसैको नैतिकतामा आँच आउने कुराको प्रचार नहोस् भन्ने अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal