आज :

भेनेजुएलाका विपक्षी नेता गुएदोमाथि १५ वर्षका लागि प्रतिबन्ध

काठमाडौं । भेनेजुएला सरकारले विपक्षी नेता हुवाँ गुएदोमाथि प्रतिबन्ध लगाएको छ ।

सरकारका वित्त नियन्त्रक एल्भिस अम्रसोले स्वघोषित राष्ट्रपति गुएदोमाथि वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणमा कसुर देखाउँदै १५ वर्षका लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

उनी हाल विपक्षीहरुको नियन्त्रणमा रहेको राष्ट्रिय परिषदका प्रमुख छन् । सरकारी प्रतिबन्ध लागु भए उनी आगामी १५ वर्षसम्म कुनै पनि सार्वजनिक पदमा नियुक्ति लिन र चुनावमा उठ्न पाउने छैनन् ।

भेनेजुएलाको संविधानले आर्थिक अपचलन र सम्पत्ति शुद्धिकरण मुद्दामा अधिकतम १५ वर्षसम्म प्रतिबन्ध लगाउन सक्ने प्रावधान राखेको छ । राष्ट्रपति निकोलस मादुरोको प्रशासनले अहिले यही प्रावधानमाथि टेकेर आफ्नो राजनीतिक प्रतिस्पर्धीहरुलाई निशाना बनाउँदै आएको छ ।

नेता गुएदोले भने आफुमाथि प्रतिबन्ध लगाउने सरकारी कदम नै गैरकानुनी भएको टिप्पणी गरेका छन् । छानविन र कारवाही गर्ने निकायको आधिकारिकतामाथि उनले विमति राखेका हुन् । भेनेजुएलामा गत जनवरीमा गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट चुलिएको छ ।

गुएदो र राष्ट्रपति मादुरोका समर्थकहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन् । गुएदोलाई अमेरिका, ल्याटिन अमेरिका र युरोपका झण्डै ५० देशले समर्थन गरिसकेका छन् । चीन, रुसलगायतका शक्ति राष्ट्रहरु भने राष्ट्रपति मादुरोकै पक्षमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal