आज :

पीडित महिला नराम्री भएकोले बलात्कार हुनै नसक्ने भन्दै अदालतले दोषीलाई छोड्यो

काठमाडौं । इटलीको एक अदालतले यौन उत्पीडनका दुई दोषीलाई रिहा गरिदिएको छ ।

यो निर्णय जुन प्यानलले सुनायो त्यसमा सबै न्यायाधीश महिला थिए । प्यानलले पीडित महिला कुरुप र पुरुष जस्तै देखिने भएकाले उनीमाथि दुष्कर्म हुनै नसक्ने तर्क दिँदै यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयविरुद्ध देशभरी प्रदर्शन भइरहेको छ । न्याय मन्त्रालयले निर्णयको अनुसन्धानको आदेश दिएको छ ।

आरोपीलाई रिहा गर्ने निर्णय इटलीको हाइकोर्टले सुनाएको हो । रिसाएका जनताले अदालत बाहिर प्रदर्शन गरे र ‘लाज लाग्दैन’ भन्दै नारा लगाए ।

घटना सन् २०१५ को हो । एनकोना इलाकाकी पेरुवियन मूलकी महिलाले २ व्यक्तिमाथि दुष्कर्मको आरोप लगाएकी थिइन् । सन् २०१६ मा तल्लो अदालले पेरुवियन मूलका २ व्यक्तिलाई दोषी ठहर गरेको थियो ।

सन् २०१७ मा पुनरावेदन अदालतका महिला न्यायाधिसको प्यानलमा पुग्यो । यो कोर्टले तल्लो अदालतको निर्णय उल्ट्यायो । महिला न्यायाधिसको प्यानलले जसलाई दोषी ठहराइएको छ, उनीहरुलाई महिला कुरुप लागेको बताए । पीडित पुरुषजस्ती देखिन्छिन् त्यसकारण उनीमाथि दुष्कर्म हुन नसक्ने उनीहरुको तर्क थियो ।

पीडितकी वकिल सिंजिया मोलीनारोले भनिन्, ‘यस्तो लाग्छ कि प्रतिक्रियामा केही कमीका कारण दोषीलाई छोडिएको छ । पुनरावेदन अदालतको निर्णय अस्विकार्य छ ।’ एक दोषीले आफ्नो बयानमा ती महिला कुरुप भएको र फोनमा उनले उनको नाम लुटेरा भनेर सेभ गरेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal