आज :

अस्ट्रेलियामा नेपालीको आगमनको ५० वर्ष पूरा, सिड्नीमा विशेष कार्यक्रम आयोजना हुँदै

  • अनलाइन डबली

सिड्नी । अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ तारिखमा सिड्नीको हर्सभिलस्थित मराना हलमा कार्यक्रम हुन लागेको हो । सन् १९७६ मा स्थापना भएको यस संस्थाले अस्ट्रेलियामा नेपाली समुदायको इतिहास र योगदानलाई स्मरण गर्दै स्वर्ण जयन्ती कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, हास्य कलाकार मनोज गजुरेल तथा गायिका शान्तिश्री परियार अस्ट्रेलिया आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली कला, संस्कृति, मनोरञ्जन तथा सामाजिक क्षेत्रका विभिन्न गतिविधि समेटिने अपेक्षा गरिएको छ।

अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती इतिहास, यहाँको समाजमा नेपालीको योगदान र पाँच दशकको सामुदायिक यात्रालाई स्मरण गर्ने यो अवसरलाई विशेष रूपमा हेरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal