आज :

कर्नाली उपेक्षा र उज्यालोमाथि परिचर्चा: १७ लाख कर्नालीवासीको भविष्य खोज्नुभएको छ-मुख्यमन्त्री शाही

  • अनलाइन डबली

डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकमाथि कर्नाली प्रदेशको राजधानी सुर्खेतमा परिचर्चा भएको छ।

कर्नाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले पुस्तकबाट कर्नालीको सम्भावना खोज्ने र केही काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । “लेखकद्वयले तथ्य सहित लेख्नुभएको छ, १७ लाख कर्नालीवासीको भविष्य देखाउन खोज्नुभएको छ” भन्नुभयो । “कस्तुरीसँग बिना हुन्छ, लेखकद्वयले त्यो बिना चिन्न लगाएकोमा लेखकहरुलाई धन्यवाद दिन्छु” भन्दै उहाँले अगाडि भन्नुभयो, “कर्नाली चिन्न र बुझ्न यो पुस्तक अध्ययनका लागि आग्रह गर्दछु ।” उहाँका अनुसार यसको प्रचार प्रसारका लागि प्रदेश सरकार पनि तयार भएको बताउनुभयो ।

साथै उहाँले प्रदेश सरकारको नेतृत्व गरेको चार महिनाको बीचमा एक संशोधित विधेयकसहित ५ वटा कानुन निर्माण गरेर प्रदेश सभामा पेश गरेको, पुँजीगत खर्च बढाउन पहल गरेको र राजस्वको दायरा फराकिलो बनाउन कोसिस गरी रहेको जानकारी दिनुभयो । यसका साथै उहाँले दशौँ राष्ट्रिय खेलकुदबाट सभ्य र सकारात्मक सन्देश दिन लागिरहेको जानकारी पनि दिनुभयो ।

लेखकद्वयले आरम्भ प्रकाशनबाट प्रकाशित गरेको पुस्तक बिहीबार दिउँसो कर्नाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीलाई हस्तान्तरण गर्नु भयो। कर्नाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीम केसीले आफ्नो लामो समयदेखिको हुटहुटी पुस्तकमा आएको र यस कार्यलाई सार्थक बनाउन निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।

लेखक डा. दीपेन्द्र रोकायाले पुस्तकभित्र कर्नालीमा उपेक्षाको श्रृङ्खला, प्रदेशको खुट्टा, विकासको खोजी, गन्तव्य, समृद्धिको सूचक, संघीयताको उपलब्धि र बहसका मुद्दाहरू रहेको बताउनुभयो । उहाँले कर्नाली प्रदेशको सबभन्दा दुर्गम जिल्ला हुम्लाबाट राजनीतिसँगै सडकबाट एकै दिन सुर्खेत र संघीय राजधानी काठमाडौ पुग्न सक्ने बाटो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हिमाली पर्या पर्यटकीय सडक बन्नुपर्छ ।

अर्का लेखक मोहन दास मानन्धरले कर्नाली चिसापानी जलविद्युत आयोजना निर्माण गर्न सयौं विद्यार्थीले पढ्न पाएको बेला आफूले त्यो अवसर पाएदेखि कर्नालीसँग सम्बन्ध जोडिएको र सो क्रममा चिसापानी आयोजना नबने पनि अहिले तिला लगायतका आयोजनामा आफू जोडिएर काम गरेको जानकारी दिनुभयो । उहाँले कर्नालीमा सम्भावनाको ढोका खुलेको र सो कार्य गर्न कर्नाली सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

कर्नाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्नाली प्रदेश योजना आयोगको समन्वयमा आरम्भ प्रकाशनले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री रणसिंह परियार, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुदीप ठकुरी, नागरिक समाजका अगुवा पिताम्बर ढकाल लगायतका लब्ध प्रतिष्ठित व्यक्ति व्यक्तित्वको सहभागिता रहेको थियो। कार्यक्रममा लोक गायक नवराज भण्डारीले स्वागत गीत गाउनु भयो भने कार्यक्रमको सञ्चालन पत्रकार गणेश कन्चन भारतीले गर्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal