आज :

साम्राज्यवादको परिचय,हस्ताक्षेप र नेपालमा साम्राज्यवाद उदय

  • अनलाइन डबली

साम्राज्य भनेको कुनै शक्तिशाली राष्ट्रले आफ्नो सिमाभन्दा बाहिर गएर अन्य साना कमजोर वा विकासशाल्मुख देशहरु माथि आफ्नो राजनीतिक, आर्थिक र सैन्य नियन्त्रण कायम गर्न निति प्रवृतिलाई साम्राज्यवाद भनिन्छ । साम्राज्यवादी ब्यवस्थामा प्रकृतिका स्रोत साधन कब्जा गर्न र त्यो प्रकृति साधनलाई आर्थिक पुँजीमा परिणत गरी ब्यापार गर्ने पुँजीवादी रणनिति साम्राज्यवादीको हुन्छ । यस व्यावस्थामा शक्तिशाली देश (साम्राज्याद) ले अधिनस्त देशहरुको प्रकृति मानवीय स्रोत साधनको दोहन आफ्नो हितमा गर्दछ । साम्राज्यको उत्पति मानव सामाजको उत्पतिपछि राज्य वितार गन क्रममा आफ्नो अस्तिव कायम गर्न भौगोलिक हस्ताक्षेप गर्न क्रममा एक शहरबाट अर्का शहर बब्जाा गर्ने वा एक राज्यबाट अर्काे राज्यबाट अर्काे राज्यमाथि हस्तााक्षेप गरी आफ्ना साम्राज्य खडा गर्ने क्रममा थियो । यो दासयुगसँगै राज्य स्थापना भएपछि प्रचिन समाजको स्थापनासँगै प्रचिन साम्राज्य पनि जन्म भयो । यसमा राज्यको विस्तार हस्ताक्षेपसगै भयो, कब्जा गरेका भूमीबाट कर असुली गर्ने, त्यहाँ जनतालाई दासको रुपमा काम लगाउने पशु शहरा किनबेच गर्ने मानव बेचबिखन गर्ने प्रवधिको जन्म भयो, यो एक प्रकारको साम्राज्य नै थियो । पछि साम्राज्यवादीको उत्पति औद्योगी क्रान्तिसँग १५ र १६ औ शताब्दीमा भएको हो । यस अवस्थान विश्वको भौगोलिक अध्यान खोज गर्ने थालियो, जहाँ औद्योगी विकाससँगै कच्चा पर्दाथको खाँचौ र कच्चा पर्दाथलाई पुँजीको परिणत गरेपछि प्रतिस्पदा गर्ने क्रममा एकअर्का बजार प्रतिस्पदा, उत्पादनको प्रतिस्पदा हुर्दै जान थाल्यो । यो सँगै स्पेन, पोर्चुकल, बेलायत र फ्रान्स जस्ता युरोपका देशहरुले नयाँ भु—भाग खोज्न थाले यसको मुख्य उदेश्य पुँजीवादले पुँजी बनाइएका प्रकृति सम्पदा खानी ( सुन, हिरा, तामा लगायतका अन्य खनिजको) खोज र सामन्तवादले आध्यात्मीक दर्शनको विकास गरेका प्रचारप्रसार गरेर निजित्वको धार्मिक (विशेष त इशाई धर्म प्रचार प्रसार) गर्नु थियो । साम्राज्यवादको विषयमा विभिन्न तरिकाबाट विश्लषण गरिएको पइएको छ ।

“साम्राज्यवाद पुँजीवादको सर्वाेच्च चरण हो ”( उनका अनुसार जब पुँजीवाद चरम सिमामा पुग्छ, तव यसको नयाँ बजार र स्रोत साधनका लागि अन्य देशहरुलाई कब्जा गर्न थाल्छ) । उनले जनतालाई बुझाउन पहिलो विश्व युद्ध ( १९१४—१९१८) को विश्लेषण गर्दै पहिलो विश्वयुद्ध किन भइरहेको छ भनेर जनतालाई बुझाएका थिए । युद्ध कुनै देशभक्ति वा लोकतन्त्रका लागि नभइकन, ठुला साम्रज्यवादी देशहरु (बेलायत, फ्रान्स, जर्मनी) बीच संसारका उपनिवेश स्रोत माथि कब्जा जमाउने युद्ध हो, भनी प्रमाणीत गरेका थिए । युरोपेली कम्युनिष्ट दलको गद्दारीका कारण पहिलो विश्वयुद्ध सुरु हुन गयो, धेरै युरोपेली समाजवादी दलहरुले अन्तराष्ट्रिय मजदुर एकतालाई बिर्सेर आ—आफ्नो देशको सरकारको युद्धमा समर्थ गरे । यो कदम शंसोधनवाद र मजदुर माथिको धोका भन्दै तीब्र आलोचना गरेका थिए । लेनिनले रुसी क्रान्तिको आधारमा रुसमा समाजवादी क्रान्ति गर्न चाहन्थे । यहि सिद्धान्त मार्फत उनले पुँजीवाद आफ्नो अन्तिम चरणमा पुगेको सडिसकेको र अब यसलाई ढालेर समाजवाद स्थापन गर्न आएको निष्कर्ष निकाले, सन १९१७ मा क्रान्तिको जग बसाल्यो । भ्लादिमिर लेनिन

“साम्रज्यवाद यो रोग हो जसले यसलाई लागु गर्ने र यसको सिकार हुने दुबैलाई भित्रभित्रैखोत्रो बनाउँछ ” : साम्राज्यवादको विरुद्धमा अत्यन्त घतलादो गहिरो मान्न सकिन्छ, साम्राज्यवाद समाज र मानवतालाई पार्ने मानसिक, नैतिक र भौतिक प्रभावलाई स्पष्ट पारेका छन । साम्राज्यवादी शासक अरुमाथि शासन गर्ने वा कब्जा गर्ने राष्ट्र वा ब्यक्ति बहिरबाट शक्तिशाली देखिए पनि भित्रभित्रै उसको नैतिक बल, मानशिक संवेदना र न्यायको भावना मर्दै जान्छ , जसले गर्दा उसको आफ्नो आन्तरिक पतन सुरु हुन्छ । साम्राज्यवादको चपेटामा परेका मानिसहरुले स्वातन्त्रता, सस्कृति, पहिचान र स्रोत साधन गुमाउँछन् । निरन्तरको दमन र दासत्वले उनीहको आत्मा सम्मान, आत्मा विश्वास र मौलिक सोचलाई नष्ट्र गरेर भित्रैदेखि कमजोर बनाउँछ । यसको रोग भनेको यसले कसैलाई हित गर्दैन, ढिलो चाडो दुबै पक्षलाई विनासको बाटोतफ लैजान्छ । महात्मा गान्धी

“साम्राज्यवाद भनेको अरुको भुमी र श्रम शोषण गरेर आफ्नो खल्ती भर्ने एउटा ब्यवस्थित तरिका हो” ः उनका अनुसार साम्रज्यवाद भनेको कुनै पनि शक्तिशाली राष्ट्रले कमजोर राष्ट्र वा अर्काे देशको भुमी, प्रकृति स्रोत र श्रममाथि आक तथा आर्थिक नियन्त्रण कायम गरी लाभ उठाउने नीति हो । यसले आर्थिक शोषणमा श्रम र सम्पनिको शोषण गरेर साम्राज्यवादी देशको हित पुरा गर्छ भने रुवतन्त्रताको विरोधमा कुनै राष्ट्रको स्वतन्त्रता, अवसर र मानव अधिकारलाई कुण्ठित गर्छ । जवाहरलाल नेहरु

“साम्रज्यवाद भनेको केवल भौगोलिक कब्जा मात्र होइन, यो त एउटा देशले अर्काे देशको सस्कृति र सोच्ने तरिका माथि गर्न नियन्त्रण हो ” : उनले प्रसिद्ध पुस्तक ओरियान्टलिज्म (१९७८) र कल्चर एण्ड इम्पोरियलिज्म ( १९९३) ब्याख्या गरेका छन । उनका अनुसार साम्राज्यवादका मुख्य मुख्य दुवटा आयम हुन्छन् । भौतिक कब्जा र सस्कृति कब्जा र सस्कृतिक कब्जा । सेना, कानुन र रानितिक शक्ति प्रयोग गरेर कुनै देशको जमिन स्रो साधनमाथि नियन्त्रण जमाइन्छ भने त्यो भौतिक कब्जा जमानु हो । भाषा, शिक्षा, साहित्य, र जीवनशैलीलाई श्रेष्ठ र रैथाने ( स्थानिय) सस्कृतिक कमजोर वा असभ्य भनेर स्थापिथ गरिन्छ भने सस्कृति कब्जा हो । यसले कसरी काम गर्छ भने एउटा शक्तिशाली देशले अर्काे कमजोर देशको सोच्ने तरिकामाथि नियन्त्रण गर्छ, तब उत्पीडित देशका मानिसहरु आफ्नो सस्कृति हिन भावनाले हेर्ने थाल्छ र साम्राज्यवादी शक्तिकै दृष्टिकोणबाट संसारलाई बुझ्न थाल्छन् । यसले गर्दा कुनै देश भौतिक रुपमा स्वतन्त्र भए पनि मानसिक र सस्कृति रुपमा सधैँ गुलाम रहिरहन्छन् । एडवार्ड साइद

“साम्राज्यवादले मानिसको जमिन मात्र खोस्दैन, यसले उनीहरुको इतिहास, सस्कृति र परिचानलाई समेत नष्ट गरिदिन्छ” फ्रन्ज फेनन: साम्राज्यवादले मानिसको जमिन मात्र हडप्दैन, यसले, यसले उनीहरुको इतिहास, सस्कृति र परिचानलाई समेट जरैदेखि नष्ट्र गरिदिन्छ भनेर भनेका छन । उनको यो विचारले औपनिवेशिक दमनको सबैभन्दा कु्रर र गहिरो पक्षलाई उजागर गरेको छ । उनका अनुसार सामरिक आर्थिक रुपमा कब्जा गर्नु साम्राज्यवादको एउटा पाटो मात्र हो । यसको वास्तविक र घातक प्रभाव मानव मस्तिक र उनको अस्तित्वमा पार्छ । सस्कृति वितासमा साम्राज्यवादी शक्तिको रैथाने भाषा, परम्परा र मुल्य —मान्यतालाई पिछाडिएको वा अमानवीय घोषित गर्छन् र आफ्नो सस्कृतिलाई श्रेष्ठ देखाए जवरजस्ती लादछन् । इतिहास पुन लेखन गरी पराजित र उत्पीडित समुदायको गोवशाली इतिहासलाई तोडमोड गरिन्छ, मानिसहरुमा आफ्नो पुर्खा र पहिचानप्रति हीनताबोध पैदा गराउँछ । मानसिक दासत्वको रुपमा जमिन कश्जा गर्नुभन्दा सतरनाक मानिसको सोच र चेतना कब्जा गर्नु हो फेननका अनुसार, जब मानिसले आफ्नो पहिचान गुमाउँछ, उनीहरु मनसिकले रुपमा पुणत पराश्रित बन्न पुग्छ ।

“साम्राज्यवाद र उपनिवेशवादले मानव जातिला भिभाजन गरे, तर स्वतन्त्रताको चहानालाई कसैले दवाउन सकदैन” : साम्रज्वादले साम्रज्यवाद र उपनिवेशवाद मानव जातिलाई भौगोलिक सस्कृतिक र सामाजिक रुपमा विभाजित गरे पनि स्वतन्त्रता र समानताप्रतिको मानव चाहनालाई कुनै पनि शत्तिलेले दवाउन सक्दैन । विभाजन पराजयमा औपनिवेशिक शासकहरुले फुटभाउ र राज गर को निति अपनाए मानिसहलाई बाँडे पनि अन्तत ः जनताको चाहाना नै विजयी हो । मानवीय मर्यादा केवल स्तन्त्रता राजनितिक अधिकार मात्र होइन, बल्कि यो साम्राज्यवादले खोसेको मानवीय मर्यादा र आत्मासम्मालाई पुन ः प्रप्त गर्ने माध्यम हो । यो अदम्य साहसका कारण उनलाई २७ वर्षसम्म जेल जीवन तिाउँदा पनि मन्डेलालले आफ्नो सिद्धार स्वतन्त्रताको लडाईलाई मर्न दिएनन् । नेल्सल मन्डेला

“साम्रज्यवाद पुँजीवादी उत्पादन प्रणालको अनिवार्य विस्तार हो , जसले विश्वको बजार आफ्नो मुठ्ठीमा पार्न खोज्छ”(विचारधार आधारमा)। साम्राज्यवाद पुँजीवादको उच्चतम र अनिवार्य चरण हो यस आफ्नो बजार र प्रभाव विस्तार गर्दै पुरै विश्वासलाई आफ्नो नियन्त्रणमा लिन खोज्छ । उनले साम्रज्यवादको सम्बन्धमा तीन बुँदा महत्व पुर्ण विष्लेषण गरेका छन् ।

नाफाको अनन्त खोजी : पुँजीवाद ब्यवस्थामा उद्योगीहरुलाई बढी नाफा कमाउने र उत्पादन बढाउने दबाब हुन्छ । जब आन्तरिक बजारमा सामानहरु बिक्न छाड्छन् ( बजार संतृप्त हुन्छ ) तब उनीहरु नयाँ बजारको खोजीमा बाहिर मुलुकतफ लाग्छन् ।

कच्चा पर्दाथ र सस्तो श्रमको आवश्यकता : ठुला पुँजीवादी देशहरुलाई आफ्नो उखेग चलाउन निरन्तर सस्तो कच्चा पर्दाथ र सस्तोमा श्रमीक आवश्यक पर्छ । यसका लागि उनीहरुले कमजोर र विकासशोन्मुख देशहरुलाई आफ्नो आर्थिक राजनितिक नियन्त्रणमा दिने गर्छन् ।

वित्तिय एकाधिकार : पुँजीवाद बढ्दै जाँदा साना उद्योगहरु सकिन्छन् र केहि ठुला कम्पनि वा बैंकहरुको एकाधिकार कायम हुन्छ । यसले वित्तीय पुँजीले आफ्नो नाफा सुरक्षित गर्न र विश्व वजारलाई मुठ्ठीमा पार्न साम्राज्यवादी नीतिको सहारा लिन्छ । कार्ल माक्र्स

“साम्राज्यवाद भनेको आन्तरिक बजारको संकुचन आफ्नो अतिरिक्त पुँजी लगानी गर्नका लागि बिदेशी बजारको खाजी गर्ने प्रयासको परिमाणम हो” यसको अर्थ आन्तरिक देशहरुमा जब उत्पादन धेरै हुन्छ तर मजदुर र आम जनताको क्रयशक्ति कम हुनाले स्वदेशी बजारमै ती सामानहरु प्रर्याप्त मात्रामा बिक्दैन, तब आन्तरिक खबजार संकुचित ( साघुरो) हुन पुग्छ । अतिरिक्त पुँजीको दबाब उद्योपतिर पुँजीपतिहरुसँग ठुलो मात्रामा नाफा र पुँजीको जम्मा हुन्छ । स्देशमा लगानी गर्ने ठाँउ नभएपछि वा स्देशमा भन्दा बढी नाफा काउने अबसर खोज्दा त्यो पुँजी अतिरिक्त हुन जान्छ । त्यसको साथसाथै बिदेशी बजार र उपनिवेशको खाजीमा अतिरिक्त सामान बेच्न र अतिरिक्त पुँजी लगानी गरेर थप नाफा कमाउनका लागि शक्तिशाली देशहरुले कमजो वा अविकसित देशहरुको खोजी गर्छन् । यहि आर्थिक स्वार्थका कारण उनीहरुले अन्य देशहरुलाई आफ्नो राजनितिक वा आर्थि नियन्त्र ( साम्राज्यवाद) मा लिने गर्छन । जोहन ए. हब्सन

“हामी (बेलायतीहरु) संसारको सबैभन्दा उत्कृष्ट जाति हौ, हामीले संसारको जति धेरै भु—भागमा शासन गछौं मानव जातिको लागि त्यति नै राम्रो हुन्छ ” “ यदि तपाई गृहयुद्ध चाहनु हुन्न भने तपाई साम्राज्यवाद बन्नै पर्छ ” १९ औं शताब्दीमा अफ्रिकामा बेलायती साम्राज्यवादको भुमीका खेलेको बेलामा यो भनाईले तत्कालीन साम्राज्यवाद र उग्र राष्ट्रवादको प्रतिनिधित्व गरेको थियो । साम्राज्यवादको औचित्य आफ्नो देशको आन्त्रिक आर्थिक र सामाजिक समस्याहरु ( बेरोगारी, र सम्भावित गृहयुद्ध) हल गर्नको लागि अन्य देशहरुमाथि कब्जा जमाउनु र उपनिवेश बनाउनु आवश्यक छ भन्ने तर्क राखेका थिए । यो सँगै औपनिवेशिक शोषण विचारधाराका कारणले अप्mिका र एसियाका धेरै देशहरुले भोग्नु परेको थियो । बेलायती उद्योगपति सेसिल रोड्स

“ पुँजीवादलाई जीवित रहनका लागि गैर—पुँजीवाद देश र समाजको शोषण आवश्यक पर्छ, त्यहि आवश्यकताले साम्राज्यवादलाई जनम दिन्छ” । उनले आफ्नो पुस्तर्क द अकुमुलेसन अफ क्यापिटल’ सन् १९१३ मा आफ्नो विचार प्रस्तुत गरेकी थिइन । पुँजीवादी प्रणलीमा मजदुरहरुको शोषण गरे बढीभन्दा बढी अतिरिक्त मुल्य निकालिन्छ तर मजदुहरुको क्रयशक्ति कम हुने भएकोले पुँजीपतिले उत्पादन गरेको सबै सामान आन्तरिक बजारमा मात्र बिक्न सक्दैन । त्यसैले उसलाई गैह—पुँजीवादी क्षेत्रको आवश्यक पर्दछ, पुँजीलाई निरन्र नाफा कमाउन र संचय गरिरहनका लागि यस्तो बजार चाहिन्छ, जुन पुँजीवादी प्रणालीभन्दा बाहिर होस । त्यसैले पुँजीवादलाई जीवति रहन गैर—पुँजीवादी देश र ग्रामीण÷परम्परागत समाजको शोषण अनिवार्य हुन्छ । जब पुँजीवाी देशहरुले यी गैह—पुँजीवादी क्षेत्रमा उपनिवेश बनाएर अविकसित मुलुकहरुलाई आफ्नो नियन्त्रमा लिन त्यहाँका प्रकृति स्रोत तथा श्रम श्रोषण गर्न थाल्छ , तब साम्राज्यवादको जन्म हुन्छ । रोजा लुक्सम्बर्ग

साम्राज्यवाद विस्तार

पश्चिम अफ्रिकामा—यस्ता देशहरूलाई यस सूचीमा समावेश गरिएको छ जहाँ सन् १८७० भन्दा अघि नै सानो भू–भागमा नियन्त्रण कायम भइसकेको थियो, तर उक्त उपनिवेशको वर्तमान क्षेत्रफलको ठूलो हिस्सा भने हालै मात्र प्राप्त गरिएको हो। लागोस वा गाम्बियामा समावेश गरिएका त्यस्ता पुराना औपनिवेशिक भू–भागहरूको प्रभावलाई गोल्ड कोस्ट कोलोनी (Gold Coast Colony) को बढेको क्षेत्रफलले निकै बढी मात्रामा सन्तुलित (वा ओझेलमा) पारिदिन्छ; यद्यपि गोल्ड कोस्ट कोलोनीलाई यस सूचीमा समावेश गरिएको छैन, (१) २,३) तर यसको क्षेत्रफल सन् १८७३ मा २९,००० वर्ग माइलबाट बढेर सन् १८९३ मा ३९,००० वर्ग माइल पुगेको थियो । सन् १८७१ र १८९१ को बीचमा ब्रिटिश भारतको आफ्नै विस्तार १,०४,९९३ वर्ग माइल क्षेत्रफल र २,५३,३०,००० जनसंख्या बराबर थियो; यद्यपि, सोही अवधिमा र त्यसपछि बनेका नयाँ देशी राज्यहरूको कुनै भरपर्दो मापन उपलब्ध छैन । यहाँ दिइएका धेरैजसो मापनहरू ’गोलो अंक’ (round numbers) मा छन्, जसले तिनको अनिश्चिततालाई संकेत गर्छन्; तर उपलब्ध भएसम्म यी तथ्यांकहरू ’कोलोनियल अफिस’ (Colonial Office) का आधिकारिक प्रकाशनहरूबाट लिइएका हुन् र ’स्टेट्समेन्स इयर–बुक’ (StatesmanÚs Year–book) बाट पुष्टि वा पूरक जानकारी लिइएको छ । यी तथ्यांकहरूले कुनै पनि हालतमा ती तीस वर्षको अवधिमा भएको हाम्रो विस्तारको पूर्ण विवरण समेट्दैनन्, किनकि विभिन्न उपनिवेशहरू आफैंले गरेका धेरै विस्तारहरू यसमा छुटेका छन् । तैपनि, उपलब्ध तथ्यांकलाई हेर्दा, १,२०,००० वर्ग माइल क्षेत्रफल र ४,००,००,००० जनसंख्या भएको केन्द्रबिन्दु (लगअभिगक) बाट सुरु भएको साम्राज्यको वृद्धिमा यो एक विशाल थपघट हो । यति सानो राष्ट्रका लागि एक पुस्ताको अन्तरालमा ४७,५४,००० वर्ग माइल (४) क्षेत्रफल र अनुमानित ८,८०,००,००० जनसंख्या आफ्नो अधिनमा थप्नु ऐतिहासिक महत्त्वको घटना हो। सर रोबर्ट गिफेन ृ५े को अनुमानलाई स्वीकार गर्दा—जसअनुसार हाम्रो साम्राज्य (इजिप्ट र सुडानसहित) को क्षेत्रफल करिब १ करोड ३० लाख वर्ग माइल र जनसंख्या करिब ४० देखि ४२ करोड (जसमध्ये करिब ५ करोड बेलायती मूल र भाषाका मानिसहरू छन्) रहेको छ—हामी के पाउँछौं भने यस साम्राज्यको एक–तिहाइ भाग, जसमा साम्राज्यको कुल जनसंख्याको कम्तीमा एक–चौथाइ हिस्सा बसोबास गर्दछ, पछिल्लो पुस्ताभित्रै हासिल गरिएको हो। यो तथ्य अन्य स्वतन्त्र अनुमानहरूसँग पनि काफी हदसम्म मेल खान्छ। (६)

साम्राज्यवादी विस्तारको स्वरूप नयाँ भूभागहरूको सूची: सन् १८७० लाई साम्राज्यवादको सचेत नीतिको सुरुवात मानिए तापनि, यो अभियानले सन् १८८० को दशकको मध्यसम्म पूर्ण गति प्राप्त गरेको थिएन भन्ने कुरा स्पष्ट छ । भूभागमा भएको व्यापक वृद्धि र अफ्रिकाको विशाल भू–भाग ब्रिटिसलाई सुम्पिने गरी गरिएको व्यापक बाँडफाँडको प्रक्रियालाई सन् १८८४ को आसपासबाट सुरु भएको मान्न सकिन्छ । पन्ध्र वर्षको अवधिमा ब्रिटिश साम्राज्यमा करिब ३७ लाख ५० हजार (३.७५ मिलियन) वर्ग माइल भूभाग थपियो । (७) आधुनिक साम्राज्यवादको प्रमुख विशेषता—अर्थात् प्रतिस्पर्धी साम्राज्यहरूबीचको होडबाजी—पनि यसै कालखण्डको उपज हो । फ्रान्सेली–जर्मन युद्धको अन्त्यसँगै फ्रान्स र जर्मनीमा नयाँ औपनिवेशिक नीतिको सुरुवात भयो, जसले अर्को दशकमा प्रभाव जमायो । शक्तिशाली शत्रुहरू र शंकास्पद सहयोगीहरूले घेरिएको तथा आफ्ना साहसी युवाहरू संयुक्त राज्य अमेरिका र अन्य विदेशी भूमिहरूतिर आकर्षित भइरहेको देखिरहेको नव–स्थापित जर्मन साम्राज्यले औपनिवेशिक साम्राज्यको अवधारणा बनाउनु अस्वाभाविक थिएन । सन् १८७० को दशकमा यस नीतिको पक्षमा सशक्त साहित्यको विकास भयो (८), जसले पछि बिस्मार्कको शक्तिशाली नेतृत्वमा मूर्त रूप लियो । विदेशमा जर्मन व्यापार प्रवद्र्धनका लागि सरकारी सहयोगको पहिलो उदाहरण सन् १८८० मा देखियो, जब सरकारले “साउदर्न सीजको जर्मन कमर्सियल एण्ड प्लान्टेसन एसोसिएसन“ (German Commercial and Plantation Association of the Southern Seas) लाई सहयोग प्रदान गर्यो । सामोआसँग जर्मनीको सम्बन्ध पनि सोही वर्षबाट सुरु भयो, तर जर्मनीको साम्राज्यवादी यात्राको वास्तविक गति सन् १८८४ मा अफ्रिकी संरक्षित क्षेत्रहरू (protectorates) र ओसिनियाका टापुहरूको विलयसम्बन्धी नीतिसँगै सुरु भयो । त्यसपछिको पन्ध्र वर्षमा उसले करिब १० लाख वर्ग माइल भूभाग र अनुमानित १ करोड ४० लाख (१४ मिलियन) जनसंख्यालाई आफ्नो औपनिवेशिक नियन्त्रणमा लियो । यस भूभागको अधिकांश हिस्सा उष्णकटिबंधीय क्षेत्रमा पर्दछ र यहाँ गोरा जातिको जनसंख्या जम्मा केही हजार मात्र थिए । त्यसैगरी, फ्रान्समा सन् १८८० को दशकको सुरुवाती चरणमा पुरानो औपनिवेशिक भावनाको व्यापक पुनरुत्थान भयो । यस पुनरुत्थान अभियानका सबैभन्दा प्रभावशाली व्यक्ति प्रख्यात अर्थशास्त्री एम. पल लेरोय–ब्युली (Paul Leroy–Beaulieu थिए । सन् १८८० मा सेनेगल र सहारामा साम्राज्य विस्तार भएलगत्तै अर्को वर्ष ट्युनिसलाई गाभियो र सन् १८८४ मा फ्रान्स अफ्रिकाको बाँडफाँड (scramble for Africa) को होडबाजीमा सक्रिय रूपमा संलग्न भयो, सोही समयमा उसले एसियाका टोन्किङ र लाओसमाथि पनि आफ्नो शासन स्थापित गरिरहेको थियो । सन् १८८० यता उसले हासिल गरेका क्षेत्रहरू (न्यु क्यालेडोनिया र त्यसका अधीनमा रहेका भूभागहरूको विस्तारबाहेक) साढे ३० लाख वर्ग माइलभन्दा बढी क्षेत्रफलमा फैलिएका छन्, जहाँ करिब ३ करोड ७० लाख स्थानीय बासिन्दाहरूको बसोबास छ। यी क्षेत्रहरू प्रायः उष्णकटिबंधीय वा उप–उष्णकटिबंधीय जलवायु भएका र ’तल्लो स्तरका जाति’ (lower races) को बसोबास रहेका क्षेत्र हुन्, जुन वास्तविक फ्रान्सेली औपनिवेशीकरणका लागि उपयुक्त थिएन ।

सन् १८८० पछि इटालीको आकांक्षाहरूले पनि यस्तै रूप लिए, यद्यपि एबिसिनिया (इथियोपिया) अभियानहरूको विनाशकारी अनुभवले इटालेली साम्राज्यवादलाई केही हदसम्म रोकेको थियो । पूर्वी अफ्रिकामा उसका भूभागहरू उत्तरी उपनिवेश ’इरिट्रिया’ र संरक्षित राज्य ’सोमालिल्यान्ड’ मा मात्र सीमित थिए । अन्य युरोपेली राष्ट्रहरूमध्ये पोर्चुगल र बेल्जियम मात्र ’नयाँ साम्राज्यवाद’ को प्रतिस्पर्धामा प्रत्यक्ष रूपमा सामेल भए । सन् १८८४–८६ को अफ्रिकी बाँडफाँडअनुसार कंगो तटमा रहेको अंगोलाको विशाल क्षेत्र पोर्चुगलको भागमा पर्यो, जबकि सन् १८९१ मा पूर्वी अफ्रिकाको एउटा ठूलो भूभाग पूर्ण रूपमा उसको राजनीतिक नियन्त्रणमा आयो । सन् १८८३ मा बेल्जियमका राजालाई सुम्पिएको र त्यसयता विशाल क्षेत्रहरू गाभिएर विस्तार हुँदै गएको ’कंगो फ्री स्टेट’ को विशिष्ट स्थितिलाई हेर्दा, बेल्जियम पनि अफ्रिकी साम्राज्यको प्रतिस्पर्धामा संलग्न रहेको मान्नुपर्छ ।

स्पेन साम्राज्यवादी प्रतिस्पर्धाबाट पूर्ण रूपमा बाहिरिएको मान्न सकिन्छ । पूर्वी र पश्चिमी इन्डिजमा रहेका हल्यान्डका विशाल र महत्वपूर्ण भूभागहरूले उसलाई केही हदसम्म साम्राज्यवादी राजनीतिमा संलग्न गराए पनि, ती पुराना उपनिवेशवादका उपज हुन, उसले नयाँ साम्राज्यवादी विस्तारमा कुनै भूमिका खेलेन । उत्तरको एक मात्र सक्रिय विस्तारवादी राष्ट्र रुसको साम्राज्यवादी विकासको प्रकृति अन्यभन्दा भिन्न छ । यसको मुख्य उपलब्धि एसियाली क्षेत्रमा केन्द्रित हुनु र साम्राज्यको सीमाना प्रत्यक्ष विस्तार गर्दै अघि बढ्नु यसका विशेषता हुन, साथै, अन्य अवस्थाको तुलनामा यसमा कृषि र उद्योगका लागि बसोबास गराउने व्यवस्थित औपनिवेशिक नीतिको ठूलो अंश समावेश छ । यद्यपि, यो स्पष्ट छ कि रुसी विस्तार — जुन नयाँ साम्राज्यवादको तुलनामा बढी सामान्य र प्राकृतिक प्रकृतिको भए तापनि — एसियामा नयाँ साम्राज्यवादका दाबी र आकांक्षाहरूको सम्पर्क र प्रतिस्पर्धामा आउँछ, र यसमा अध्ययनको विषय रहेको अवधिमा यो तीव्र गतिमा अघि बढिरहेको थियो । हवाईको विलय र प्राचीन स्पेनिस साम्राज्यका अवशेषहरू आफ्नो नियन्त्रणमा लिँदै शक्तिशाली तथा प्रगतिशील राष्ट्र संयुक्त राज्य अमेरिकाको साम्राज्यवादमा भएको हालैको प्रवेशले व्यापार र भूभागका लागि एउटा नयाँ र बलियो प्रतिस्पर्धी मात्र थपेको छैन, बरु यसले विद्यमान मुद्दाहरूलाई परिवर्तन र जटिल पनि बनाएको छ । राजनीतिक ध्यान र गतिविधिहरू प्रशान्त क्षेत्रका राज्यहरूतर्फ केन्द्रित हुँदै जाँदा तथा प्रशान्त महासागरीय टापुहरू र एसियाली तटसँगको व्यापारमा अमेरिकाको व्यावसायिक अभिलाषा बढ्दै जाँदा, युरोपेली राष्ट्रहरूलाई भू–भाग विस्तारको बाटोमा डो¥याँउने शक्तिहरूले नै संयुक्त राज्य अमेरिकालाई पनि प्रभावित पार्ने सम्भावना देखिन्छ; यसले गर्दा अमेरिकाले आफ्नो नीतिमा अहिलेसम्म हाबी रहँदै आएको ’पृथकतावाद’ (isolationism) को सिद्धान्तलाई व्यावहारिक रूपमा त्याग्ने अवस्था आउन सक्छ ।

श्री एच. सी. मोरिस (१०) द्वारा सन् १९०० को ’स्टेट्समेन्स इयर–बुक’ (क्तबतभकmबल’क थ्भबच–दययप) बाट तयार पारिएको उपनिवेशसम्बन्धी निम्न तुलनात्मक तालिकाले पश्चिमी राष्ट्रहरूको राजनीतिक नियन्त्रणको वर्तमान विस्तारलाई दर्शाउँछः–

नयाँ बेलायती साम्राज्यवादको राजनीतिक स्वरूपलाई भर्खरै गाभिएका भू–भागहरूको ’क्राउन’ (बेलायती राजसंस्था) सँगको शासकीय सम्बन्धलाई विचार गरेर आधिकारिक रूपमा यकिन गर्न सकिन्छ । आधिकारिक रूपमा, (११) बेलायती “औपनिवेशिक क्षेत्रहरू“ लाई तीन वर्गमा विभाजन गरिएको छ –

(१) “क्राउन कोलोनी“ (ऋचयधल अययिलष्भक)ः जसमा कानुन निर्माणको पूर्ण नियन्त्रण ’क्राउन’ सँग हुन्छ भने प्रशासनको सञ्चालन ’गृह सरकार’ (ज्यmभ न्यखभचलmभलत) को नियन्त्रणमा रहेका सरकारी अधिकारीहरूद्वारा गरिन्छ;

(२) प्रतिनिधिमूलक संस्थाहरू भएका तर उत्तरदायी सरकार नभएका उपनिवेशहरूः जसमा कानुन निर्माणमा ’क्राउन’ सँग भिटो (अस्वीकार गर्ने अधिकार) मात्र हुन्छ, तर सार्वजनिक मामिलाहरूको नियन्त्रण ’गृह सरकार’ सँगै रहन्छ;

(३) प्रतिनिधिमूलक संस्थाहरू र उत्तरदायी सरकार भएका उपनिवेशहरूः जसमा कानुन निर्माणमा ’क्राउन’ सँग भिटो अधिकार मात्र हुन्छ र ’गृह सरकार’ को गभर्नरबाहेक अन्य कुनै पनि अधिकारीमाथि नियन्त्रण हुँदैन ।

सन् १८७० यता बेलायतद्वारा उपनिवेश वा संरक्षित राज्यका रूपमा गाभिएका ३९ वटा छुट्टाछुट्टै क्षेत्रहरूमध्ये एउटा पनि क्षेत्र दोस्रो वा तेस्रो वर्गमा पर्दैन। नयाँ साम्राज्यवादले उत्तरदायी सरकार वा प्रतिनिधिमूलक संस्थाहरू भएको कुनै पनि बेलायती उपनिवेश स्थापना गरेको छैन। साथै, दक्षिण अफ्रिकाका ती तीन नयाँ राज्यहरू—जहाँ गोरा बसोबास गर्नेहरूको संख्या उल्लेख्य छ—बाहेक अन्य कुनै पनि गाभिएको क्षेत्रलाई प्रतिनिधिमूलक र उत्तरदायी स्व–शासनका लागि तयार पारिँदै वा शिक्षित गरिँदैछ भन्ने दाबी पनि गम्भीरतापूर्वक गरिएको छैन; र ती दक्षिण अफ्रिकी राज्यहरूमा समेत, त्यहाँका बहुसंख्यक बासिन्दाहरूको सरकारमा वास्तविक आवाज वा सहभागिता होस् भन्ने कुनै गम्भीर मनसाय ’गृह सरकार’ वा उपनिवेशवादीहरू कसैमा पनि देखिँदैन । यीमध्ये केही क्षेत्रहरूले आफ्नै स्थानीय शासकहरूको अधीनमा रही ’संरक्षित राज्य’ (protectorate) वा ’सामन्ती राज्य’ (feudatory state) का रूपमा केही हदसम्म स्वशासनको उपभोग गर्छन् । तर नीतिगत मुख्य विषयहरूमा यी सबै बेलायती सरकार वा कुनै बेलायती अधिकारीको पूर्ण नियन्त्रणमा रहन्छन्, साथै, संरक्षित राज्यहरूमा स्वेच्छाचारी नियन्त्रणको लगाम अझ कसिलो पार्ने र तिनलाई नाममा नभए पनि सारमा ’बेलायती उपनिवेश’ (Crown colony) मा परिणत गर्ने सामान्य प्रवृत्ति देखिन्छ। भारतमा गरिएका केही अपवादबाहेक, सर्वत्र गाभिएका भूभागहरूमाथि अझ नजिकको र कठोर साम्राज्यवादी नियन्त्रण कायम गर्ने प्रवृत्ति देखिएको छ; यस क्रममा संरक्षित राज्य, कम्पनीको शासन र प्रभाव क्षेत्रहरूलाई ’बेलायती उपनिवेश’ सरहका निश्चित बेलायती राज्यहरूमा रूपान्तरण गरिएको छ ।

टिप्पणीहरू

१. Representative Government, अध्याय १६।

 

२. Expansion of England, व्याख्यान ३।

 

३.W.Clarke, Progressive Review, फेब्रुअरी १८९७।

४. सर आर. गिफेन (Sir R= Giffen) ले सन् १८७०–१८९८ को अवधिका लागि ४,२०४,६९० वर्ग माइलको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

५. ’साम्राज्यका विभिन्न अंगहरूको सापेक्षिक वृद्धि’ (The Relative Growth of the Component Parts of the Empire) — जनवरी १८९८ मा ’कोलोनियल इन्स्टिच्युट’ (Colonial Institute) मा प्रस्तुत गरिएको कार्यपत्र।

६.बेलायती उपनिवेश र आश्रित क्षेत्रहरू, सन् १९००

७.कुल क्षेत्रफल, ब्रिटिश साम्राज्य, जनवरी १८८४ – ८,०५९,१७९ वर्ग माइल। जनसंख्या, २४८,०००,०००।

८. फाब्री (Fabri) को ’बेदारफ ड्युचल्यान्ड डेर कोलोनिएन’ (Bedarf Deutschland der Colonien) सबैभन्दा सशक्त र लोकप्रिय कृति थियो।

९. यद्यपि, अफ्रिकामा पोर्चुगलको साम्राज्यवादको वास्तविक युग दुई शताब्दी अघि नै सुरु भएको थियो। ’बिगिनिङ्स अफ साउथ अफ्रिकन हिस्ट्री’ (फिसर अनविन) मा थियल (Theal) द्वारा प्रस्तुत पोर्चुगिज साम्राज्यको स्थापनासम्बन्धी रोचक विवरण हेर्नुहोस्।

१०. तुलना गर्नुहोस्ः उनको ’हिस्ट्री अफ कोलोनाइजेसन’ (History of Colonisation), खण्ड २, पृष्ठ ३१८ (म्याकमिलन एन्ड कम्पनी)।

११. ’कोलोनियल अफिस लिस्ट’ (Colonial Office List) ।

 

जोन ए. हब्सन साम्राज्यवादः एक अध्ययन भाग १ , अध्याय २ बाट

साम्राज्यको पतन

मुगल सत्ता कमजोर हुँदै गएपछि, सन् १७५६–१७५७ मा अफगानिस्तानका अहमद शाह अब्दालीले दिल्ली कब्जा गरे । अफगानहरूलाई सामना गर्न पेशवाले आफ्नो सेना पठाए । सन् १७६१ जनवरी १३ मा मराठाहरू नराम्ररी पराजित भए । पानीपतको यो तेस्रो युद्ध थियो । यस घटनापछि मराठा साम्राज्यको विस्तार र विभाजनको प्रक्रिया सुरु भयो । सन् १७६१ पछि, पाँचवटा मराठा राज्यहरू स्वायत्त बने । सन् १७७५ मा, उनीहरूले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग पहिलो युद्ध लडे । जब मराठा सरदारहरू ब्रिटिशहरूलाई सामना गर्न एकजुट भए, त्यसको परिणामस्वरुप धेरै ठाउँमा ब्रिटिशहरू पराजित भए । सन् १८०२ मा, ब्रिटिशहरूले बडोदालाई आफ्नो अधीनमा ल्याउन सहयोग गर्ने सहमति जनाए । बडोदालाई एक राज्यको मान्यता दिँदै, उनीहरूले पुनः ब्रिटिश सर्वोच्चता स्वीकार गरे । दोस्रो आङ्लो–मराठा युद्ध (सन् १८०३–१८०५) मा, मराठाहरूले आफ्नो स्वतन्त्रता जोगाउने प्रयास गरे पनि उनीहरूले उडिसा, गुजरात लगायतका केही भूभागहरू गुमाउन पुगे । तेस्रो आङ्लो–मराठा युद्ध (सन् १८१८) मा मराठाहरू पराजित भए र सम्पूर्ण भारतमा ब्रिटिशहरूको शासन स्थापित भयो। कोल्हापुर र सतारा बाहेक पुणे र देशका अन्य भागहरू ब्रिटिशहरूको नियन्त्रणमा आए । ग्वालियर, इन्दौर र नागपुर ’स्वतन्त्र राज्य’ (Independent states) का रूपमा ब्रिटिश साम्राज्यमा सामेल भए । ओटोमन साम्राज्य विश्वको एक शक्तिशाली साम्राज्य थियो, जुन सन् १२९९ देखि १९२३ सम्म कायम रह्यो । सन् १९२३ मा ओटोमन साम्राज्यको अन्त्य भयो र टर्की (टर्केस्तान) राष्ट्रको स्थापना भयो । १६औँ र १७औँ शताब्दीको बीचमा आफ्नो चरम उत्कर्षमा पुग्दा, ओटोमन साम्राज्य दक्षिणपूर्वी युरोप, पश्चिमी एसिया र उत्तर अफ्रिका गरी तीन क्षेत्रसम्म फैलिएको थियो ।

ओसमान प्रथम (Osman I) ओटोमन साम्राज्यका पहिलो सुल्तान (सन् १२९९–१३२६) थिए भने मेहमेद छैठौँ (Mehmed VI) अन्तिम सुल्तान (सन् १९१८–१९२२) थिए । फ्रान्सेली साम्राज्य (French Empire) नेपोलियन बोनापार्टको साम्राज्य थियो, जसलाई ’फ्रान्सेली महान् साम्राज्य’, ’प्रथम फ्रान्सेली साम्राज्य’ वा ’नेपोलियनकालीन साम्राज्य’ भनेर पनि चिनिन्छ । १९औं शताब्दीको पूर्वार्धमा यो युरोपको एक प्रमुख शक्ति थियो । २ डिसेम्बर १८०४ मा नेपोलियन सम्राट बने। उनले अस्ट्रिया, प्रशिया, रुस, पोर्चुगल र अन्य सहयोगी राष्ट्रहरू विरुद्ध युद्ध लडे । उनका प्रमुख लडाइँहरूमा अस्टरलिट्जको युद्ध (१८०५) र फ्रिडलान्डको युद्ध (१८०७) पर्दछन्। दुई वर्षको रक्तपातपूर्ण संघर्षपछि, जुलाई १८०७ मा टिलसिट (Tilsit) मा सम्झौता भयो । नेपोलियनको नेतृत्वमा लडिएका युद्धहरूलाई सामूहिक रूपमा ’नेपोलियनकालीन युद्ध’ (Napoleonic Wars) भनिन्छ । यी युद्धहरू पश्चिमी युरोपदेखि पोल्याण्डसम्म फैलिएका थिए । फ्रान्समा ’द्वितीय फ्रान्सेली साम्राज्य’ (Second French Empire) को स्थापना भएको थियो। सन् १८५२ देखि १८७० सम्म, नेपोलियन तृतीयको नेतृत्वमा यो साम्राज्य कायम रह्यो । अस्ट्रियाली साम्राज्य (Austrian Empire) सन् १८०४ देखि १८६७ सम्म अस्तित्वमा थियो। पछि यो साम्राज्य हंगेरीसँग गाभिएर ’अस्ट्रिया–हंगेरी साम्राज्य’ (Austria–Hungary Empire) को स्थापना भयो । प्रथम विश्वयुद्धपछि यो साम्राज्य विघटन भयो । जर्मन साम्राज्य (German Empire) सन् १८७१ मा फ्रान्को–प्रसियन युद्धपछि जर्मनीको एकीकरणबाट बनेको राष्ट्र थियो । सन् १९१८ मा प्रथम विश्वयुद्धको अन्त्यसँगै यो साम्राज्यको पनि अन्त्य भयो । यस साम्राज्यको पूर्वमा रुस, पश्चिममा फ्रान्स र दक्षिणमा अस्ट्रिया–हंगेरी थिए। आफ्नो ४७ वर्षे अस्तित्वकालमा, जर्मन साम्राज्य विश्वकै सबैभन्दा औद्योगिक रूपमा विकसित राष्ट्र थियो ।

रुसी साम्राज्य (Russian Empire) विश्वका पूर्व महाशक्तिहरूमध्ये एक थियो। रुसी जारशाही (Tsardom) पछि, सन् १७२१ मा रुसी साम्राज्यको स्थापना भयो र सन् १९१७ को रुसी क्रान्तिका बेला यसको अन्त्य भयो । रुसी साम्राज्यको पतनपछि सोभियत संघको उदय भयो । क्षेत्र सिमाना रुसी साम्राज्यको पश्चिमी सिमाना पूर्वमा युरोपेली मैदानसम्म फैलिएको थिया । यसको उत्तरी सिमाना आर्कटिक महासागरसम्म पुगेको थियो । समुद्रपारि, नोभाया जेम्ल्या (Novaya Zemlya), कोल्गुयेभ (Kolguyev) र भायगाच (Vaygach) रुसी साम्राज्यका भूभाग थिए । रुसको प्रभाव साइबेरियासम्म फैलिएको थियो। दक्षिणमा, रुसी शक्ति काकेशस र कास्पियन सागरसम्म पुगेको थियो । १९औँ शताब्दीको अन्त्यसम्ममा, रुसी साम्राज्य २ करोड २४ लाख (२२,४००,०००) वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो। बेलायती साम्राज्यसँग रुसको भन्दा बढी भूभाग थियो । ग्रामीण र सीमान्त क्षेत्रहरू पोल्याण्ड राज्य फिनल्याण्डको ग्रान्ड डची (Grand Duchy of Finland) स्विडिस साम्राज्य (सन् १५६१ देखि १७२१ सम्म)। यस अवधिमा, स्वीडेन युरोपको एक महाशक्ति थियो। यस कालखण्डलाई ’महाशक्तिको युग’ ( Age या १६२१ मा Great Power) भनिन्छ । यो साम्राज्य सन् गुस्ताभस एडोल्फसको शासनकालमा सुरु भयो र चाल्र्स बाह्रौँ (Charles XII) को शासनकालमा अन्त्य भयो । ’ग्रेट नर्दन वार’ (Great Northern War) का कारण यो साम्राज्यको पतन भयो ।

 

सन् १८२१ देखि १८२३ सम्मको पहिलो मेक्सिकन साम्राज्य एक राजतन्त्रात्मक साम्राज्य थियो । यसमा मेक्सिको र मध्य अमेरिकाका भूभागहरू समावेश थिए । १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुवात (विशेष गरी सन् १८९८ को स्पेनिस–अमेरिकी युद्ध) लाई अमेरिकी साम्राज्यवादको औपचारिक सुरुवात भयो । अमेरिकी साम्राज्यवादको स्थापना र यसका प्रमुख चरणहरूलाई निम्नानुसार बुझ्न सकिन्छः ।

१. वैचारिक जगः ’मेनिफेस्ट डेस्टिनी’ (Manifest Destiny) : १९ औं शताब्दीमा अमेरिकामा यो धारणा व्यापक थियो कि उत्तर अमेरिकी महाद्वीपमा आफ्नो प्रभुत्व फैलाउनु अमेरिकीहरूको “ईश्वरीय अधिकार“ र भाग्य हा े। यही सोचका कारण अमेरिकाले सुरुमा पश्चिम तर्फका जमिनहरू (जस्तै टेक्सास, क्यालिफोर्निया) कब्जा गर्दै आफ्नो सिमाना प्रशान्त महासागरसम्म पु¥यायो ।

२. औपचारिक सुरुवातः स्पेनिस–अमेरिकी युद्ध (सन् १८९८) ः यो अमेरिकी साम्राज्यवादको इतिहासमा सबैभन्दा महत्वपूर्ण मोड हो । यस युद्धमा स्पेनलाई पराजित गरेपछि अमेरिकाले पहिलो पटक आफ्नो महाद्वीप बाहिरका भूभागहरूमा प्रत्यक्ष नियन्त्रण कायम ग¥यो ःप्युर्टो रिको र गुआम अमेरिकाको पूर्ण नियन्त्रणमा आए । फिलिपिन्सः अमेरिकाले स्पेनबाट २० मिलियन डलरमा किनेर आफ्नो उपनिवेश बनायो । क्युबाः नाम मात्रको स्वतन्त्रता पाए पनि अमेरिकी प्रभाव क्षेत्र (Protectorate) भित्र रह्यो ।

३. ’डलर डिप्लोमेसी’ र सैन्य हस्तक्षेप (२० औं शताब्दीको सुरुवाती चरण) अमेरिकी राष्ट्रपति थिओडोर रुजवेल्टको “बिग स्टिक पोलिसी“ (Big Stick Policy) र विलियम हावर्ड टाफ्टको “डलर डिप्लोमेसी“ (Dollar Diplomacy) मार्फत अमेरिकाले विशेष गरी ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा आफ्नो प्रभाव बलियो बनायो । पानामा नहरः सन् १९०३ मा पानामालाई कोलम्बियाबाट अलग गराएर अमेरिकाले पानामा नहरमाथि आफ्नो नियन्त्रण कायम ग¥यो, जसले गर्दा अमेरिकी व्यापार र नौसेनालाई विश्वभर पुग्न सहज भयो ।

४. नव–साम्राज्यवाद (Neo–Imperialism): दोस्रो विश्वयुद्धपछि अमेरिकाले परम्परागत रूपमा जमिन कब्जा गर्ने (उपनिवेश बनाउने) नीति परिवर्तन ग¥यो । यसको सट्टा आर्थिक, राजनीतिक र सैन्य प्रभाव मार्फत विश्वभर आफ्नो साम्राज्य चलाउन थाल्यो ः वैश्विक संस्थाहरूः विश्व बैंक (World Bank), अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र संयुक्त राष्ट्र संघ (UN) जस्ता संस्थाहरूमा आफ्नो वर्चस्व स्थापित ग¥यो । सैन्य नेटवर्क (NATO): विश्वभर सयौँ सैन्य बेसहरू बनाएर आफ्नो सैन्य प्रभुत्व कायम राख्यो । सांस्कृतिक साम्राज्यः हलिउड, अमेरिकी ब्रान्डहरू (कोकाकोला, म्याकडोनाल्ड्स आदि) र जीवनशैलीमार्फत विश्वभर सांस्कृतिक प्रभाव फैलाइयो ।

संक्षेपमा, अमेरिकी साम्राज्यवाद सुरुमा जमिन कब्जा गर्ने नीति (Regional Expansion) बाट सुरु भएर, सन् १८९८ पछि औपनिवेशिक विस्तार (Colonialism) मा बदलियो र वर्तमान समयमा यो आर्थिक र सैन्य महाशक्ति (Global Hegemony) का रूपमा स्थापित छ । भने अहिले यसले जमिनको भौगोलिक अवस्थालाई साम्राज्यवाद हस्ताक्षेवबाट अहिले अमेरिकी सकम्राज्यवाद सैन्य हस्ताक्षेपबाट विश्वलाई प्रभाव पारेको छ । भने आफ्नो हतियार बिक्रि गर्ने योजना सहित विश्व अशान्ति कायम गर्न पुगेको छ । यति मात्र होइन सन २०२० सम्म आइपुग्दा विश्वका कच्चा पर्दाथ कब्जा गर्न आफ्नो साम्राज्यवाद हस्ताक्षप ह्वात बढाएको छ । नयाँ २००१ सेप्टेम्बर ११ मा ओसामा बिद लादेनलाई शरण दिएको तालिबान सरकार हटाउन अमेरिकाले अफगानिस्थनमा सैन्य आक्रमण सुरु ग¥यो । सन् २०२० मा अमेरिका र तालिवाहनबीच कतारको दोहामा शान्ति सम्झौता गरी अमेरिका सेना फिर्ता हुने बाटो खाल्यो । सन् २०२१ म अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणापछि अमेरिकी सेना फिर्ता भए । लटाई र सरकार परिवर्तमा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाई आफ्नो सपोटको हमिएर कार्जालाईको नेतृत्वमा सरकार गठन गराइएको छ ।

इराकमा अमेरिकी साम्राज्यवादले सन् २००३मा सैन्य आक्रमण गरेको थियो । यो आक्रमण विनाकारी हतियारले बिश्व सुरक्षामा खतारा आरोप लगादैँ सद्दाम हुसेनको विरोध आक्रमण ग¥यो । पछि अनुसन्धान गर्दा केहि फेला परेन । अमेरिका मुख्य उद्देश्य भनेको केहि बहाना बनाएर त्यहाँको त्यहाँको भु—राजनीतिक परिवर्त गर्ने र प्रकृति स्रोत नियन्त्रमा लिने थियो । यहि अनुसार इरान विश्वको सबैभन्दा ठुलो तेल भण्डारमध्य एक हो अमेरिकाको मुख्य उद्देश्य इराकी तेल क्षेत्रभित्र आफ्नो नियन्त्र कायम गरी बुहुराष्ट्रिय कम्पनिमा फाइदा पु¥याउनु थियो । भने भु—राजनितिमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाई अन्य विरोधी शक्तिहरुलाई घर्नको लागि इराकलाई एक राजनीति केन्द्र बनाउनु अमेरिकाको उद्देश्य थियो । यहि उद्देश्को साथ सद्दम हुसेनको तानाशाही अन्त्य गरेर मध्यपूर्वमा प्रजान्तत्रको विस्तार गर्ने नारा अमेरिकाले दिए पनि यसको भित्रि उद्देश्य आफ्नो अनुकुलमा कठपुतली सरकार स्थापना गर्नु थियो । यहि लक्षका साथ हस्ताक्षप गरेको अमेरिकाले अमेरिकी युद्धपछि गृहयुद्धका कारण लाखौ निर्दोष नागरिकले ज्यान गुमाए र लाखौ नागरिक शरणर्थी बन्न बाध्य भए । योसँगै इराकको राजनितिक, आर्थिक, र सामाजिक संरचना पुर्ण रुपमा परिवर्तन गरिदियो । राजनीतिक अस्थिरता र चरमपन्थीकाmे उदयसँगै वा सदनाम हुसेननको पतनपछि गम्भिर राजनीतिक रिक्तता पैदा भयो अमेरिकी सैन्य उपस्थितिको विरोधमा विभिन्न सशस्त्र समुहहरु जन्मिए, जसले पछि गएर आइएस आइएस जस्तो क्रुर आतंकवादी संगठनको उदय हुने वातावरण बन्यो । भने आर्थिक र सामाजिक संकट इराकको पुर्वाधारमा देखा परे ( विजुली, पानी, स्वास्थ्य, र शिक्षा प्रणली ) पुर्ण रुपमा ध्वस्त भयो । । देशको अर्थतन्त्र लामो समयसम्म अमेरिकी ठेगेदारी र कम्पनीहरुको नियन्त्रमा रह्यो । अमेरिकी सेनालै इराकी कैदीहरुमाथि गरेको अमानीवीय याताना र यौन शोषणका गरेको छ । अबु गरिव जेलकाण्डका मार अमेरिकाको मानवअकिारवादी विश्वसामु उदांगोभएको छ । यस हस्ताक्षेपले इराकलाई मात्र नभई सम्पुर्ण मध्यपूर्व क्षेत्रलाई नै दशकौसम्म अस्थिरताको खाडलमा धकेलिदिएको छ, जसलाई इतिहास कै अमेकी साम्राज्यवादी नीतिको एक कालो अध्नान मान्न सकिन्छ ।

भेनेजुएलामाथि अमेरेकी साम्रज्यवादी हस्ताक्षेप ः यो वर्तमान भु—राजनितिक टकरापको विषय हो । सन् १९९९ मा ह्युगो चाभेज राष्ट्रपति भनेपछि भेनेजुएला समाजवादी र अमेरिकी विरोधी नीति (बोलिभारियन क्रान्ति) अपनायो । चाभेजले तेल उद्योगको राष्ट्रियकरण गरेर त्यसको आम्दानी गरिव जनताको शिक्षा र स्वाथ्यमा लगानी पछि हमेरिका र पश्चिमी कर्परेट स्वार्थहरुसँग उनको टकराप सुरु भयो । प्रकृति स्रोत माथि विश्वकौ सबैभन्दा ठुलो प्रमाण्ीत प्रेट्रल तेल भण्डार भएको देश बीसौं शताब्दीदेखि नै अमेरिकाको त्यहाँको तेल बजार र राजनितिकमा आफ्नो प्रभाव जमाउन खोजेको थियो । कडा नाकावन्धीको बाजजुद पनि चाभेजको निधनपछि निकाला माधुरो सत्तामा आए । अमेरिकी साम्राज्यवादले मादुरो सरकारमा आएपछि मनदुरो सरकारलाई अधिनायकवादी र अवैध घोषित गर्दै भेनेजुलएला माथि कडा आर्थि तथा ब्यवारी प्रतिवन्ध लगायो अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलाले आफ्नो ते आन्तराट्रिय बजारमा सहजै बेच्न पाएन देशमा चरम मुद्राफ्रीति (महँगी ) र खाद्यन्न तथा औषधी अभाव सिर्जना भयो । वामपन्थीहरुलाई अमेरिकी साम्राज्यद्धारा कृतिम रुपमा सिर्जना गरिएको मानव्य संकट मान्न सकिन्छ । सन् २०१९ मा अमेरिकी साम्राज्यवादको सहयोगमा देशको चुनाव धाँधली भएको आरे लगाउदैँ विपक्षी नेता जुआन गुआनडोलाई भेनेजुएलाको अनरिम राष्पति रुपमा मान्यता दिएका थिए । यसलाई मादुरो सरकारको तख्तापलट गर्ने प्रत्यक्ष अमेरिकी प्रयासको रपमा हेरिएको थियो । राज्य हताउन नसकेको साम्राज्यवादी अमेरिकाले आफ्नो सैन्य हस्ताक्षप बढाएर सन् २०२६ को सुरुवातमा अमेरिकाले भनेजुएलामा शृङ्खलाबद्ध हवाई हमालहरु ( पुर्ण साधन अभियान) गरेर राष्ट्रपति मादुरोलाई नियन्त्रमा लियो । अमेरिकी साम्राज्य कामयम ग¥यो ।

युक्रेनमा अमेरिकी हस्ताक्षेप ः सन् २०१४ मा सार्वभैमिताको रक्षको लागि अमेरिकी सहयोग (NATO) क्रिमियाको लिय र २०२२ मा रुसले युक्रेनमा गरेको पुर्ण आक्रमण अन्तराष्ट्रिय कानुन र सयुक्त राष्ट्रसंघ (UN) को बडावत्रको बिपरित्त थियो । अमेरिकले युक्रेनी जनतालाई आफ्नो भविष्य आफै तय गर्ने अधिकार ( विशेष गरी युरोपेली संघ नेटोमा आबद्ध हुने यच्छा) समर्थन गरकेो देखिएता पनि हरियार, आर्थिकसहयोग र मानवीय सहायता गरानु साम्राज्यवादी निति नै मान्न सकिन्छ । रुसको साम्राज्यवादी विस्तावादी लाई रोक्नु र युक्रेनलाई आत्माारक्षा गर्न सक्षम बनाउनु यसको दृष्टिकोण तर्क भए पनि तर प्रक्षक्ष सैन्य सहयोग हतियार, आर्थिहक सहयोगले यो यसमाथिको साम्राज्य नै हो । यसमा पनि भोलोमिर जेलिन्स्की रुसको साम्राज्यवादी हस्ताक्षेप बढेकोबेला भागरेर अमेरिकी शरणमा सन् २०२२ फेब्ररीदेखि अमेरिकाले शरण दिनु यो हस्ताक्षेप साम्राज्यवाद नै रणनिति हो ।

इरानमा साम्राज्यवादको हस्ताक्षेप ः इरानमा अमेरिकी साम्राज्यवादको हस्ताक्षेप सन् १९५३ मा अमेरिकी गुप्तचर सस्थाको सीआइए सहयोगमा इरानमा प्रजातान्त्रिक रुपमा निर्वाचीत मोहम्द मोसाद्धदेकको सरकारलाई हटाई शाह मोम्द रेजा पहलवीको राजतन्त्र पुन स्थापना गरियो । (१)सन् १९७९ मा शाहको तानाशाही शासन विरुद्ध भएको क्रान्तिले राजतन्त्रको अन्त्य गरी इरानमा इस्लामी धार्धिक शासन स्थापित ग¥यो, जसले अमेरिका र इरानको सम्वन्ध सधैको लागि विगारियो । (२) यो सँगै सन् १९८० को दशकदेखि आर्थिक नाकाबन्दी र द्धोन्द्ध निम्ताउदैँ आएको थियो । अमेरिकाले इरानमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै । सन् २०२० मा अमेरिकी आक्रमणमा इरानी जनरल कासिम सोलेमानीको मृत्यु भयो । (३)( सन् २०२५—२०२६) अमेरिका इजायलले इरानमा बिभिन्न सैन्य तथा आणविक अड्डाहरुमा आक्रमण गरेका थिए । यो आक्रमणवाट इरानका सर्वाच्च नेता आयतोलाह खामेनिको समेत मृत्यु भयो । भने इरानले प्रतिवाद गर्दै हर्मुल जलमार्ग बन्द गरायो । सन् २०२६ अगष्टमा राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच तनाव कम गर्न युद्धको अन्त्यको लागि स्विट्जरल्याण्डमा प्रारम्भिक सम्झौता गर्ने सहमति भयो (४) । वामपन्थी तथा विरोधी शक्तिहरुले अमेरिकाको यो कदमलाई साम्राज्यवादी हस्ताक्षेप र विश्व शान्ति बिरुद्धको प्यास भनेर आलोचना गर्दै आएका छन् भने पश्चिमी देशहरुले इरानको आण्विक कार्यक्रम र क्षेत्रीय गतिविधीको सुरक्ष चासो राख्दै आएको पाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal