आज :

प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु 

  • अनलाइन डबली

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न समितिको उन्नाइसौँ (१९औँ) बैठक बसेको हो ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९ः३० बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूलाई आमन्त्रण गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

आजको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी (काठमाडौं), इजरायलका लागि सुरेश कुमार कर्ण (कैलाली), ओमानका लागि पदमाक्षी राणा (काठमाडौं), दक्षिण कोरिया (गणतन्त्र कोरिया) का लागि प्रा. डा. संगम श्रेष्ठ (तनहुँ) र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ भइरहेको छ ।

सुनुवाइका क्रममा समितिले प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव, कूटनीतिक कार्ययोजना तथा अवधारणाबारे छलफल गर्नेछ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal