आज :

होर्मुज जलमार्गमा इरानी सेनाको कारबाही तीव्र, पाँच दिनमा ७ तेल ट्यांकरमाथि हमला

  • अनलाइन डबली

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलमार्गमा कम्तीमा सातवटा ‘उल्लंघनकारी’ तेल ट्यांकरमाथि कारबाही गरेको इरानी समाचार संस्था फार्सले जनाएको छ ।

फार्सका अनुसार आईआरजीसी नौसेनाले पछिल्ला पाँच दिनमा प्रत्येक दिन कम्तीमा एउटा तेल ट्यांकरलाई निशाना बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खुला रहेको र त्यस क्षेत्रमा अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आए पनि इरानले जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको समाचारमा उल्लेख छ ।

स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसीन्टलाई उद्धृत गर्दै फार्सले शुक्रबार मात्रै होर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ । तीमध्ये एउटा जलमार्गको प्रवेशद्वारतर्फ र अर्को बाहिरिने क्रममा विस्फोट भएको बताइएको छ ।

मेन्चओसीन्टका अनुसार यसअघि चार दिनको अवधिमा कुवेतका अल फुन्टास र काजमिहा थर्ड तथा संयुक्त अरब इमिरेट्स (यूएई)का सिनवाद, मर्सीन प्रोस्पेरिटी नामका पाँचवटा जहाजमाथि समेत आक्रमण भएको थियो ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न शहरमा संयुक्त सैन्य आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।

त्यसपछि इरानले होर्मुज जलडमरूमा आफ्नो नियन्त्रण थप कडा बनाउँदै इजरायल तथा अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित जहाजलाई सुरक्षित रूपमा आवतजावत गर्न रोक लगाएको फार्सले जनाएको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमा बढेको सैन्य तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा ऊर्जा बजारमा थप जोखिम बढाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal